भारतीय अदालतले सन् २००८ मा भएको घातक बम विस्फोटमा ३८ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
भारतको एउटा अदालतले हिन्दू र मुस्लिमहरूबीचको हिंसात्मक झडपको इतिहास रहेको गुजरात राज्यको अहमदाबाद शहरमा सन् २००८ मा भएको शृङ्खलाबद्ध बम विष्फोटमा ३८ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
अदालतले सन् २००८ मा भएको शृङ्खलाबद्ध बम विष्फोटमा ५० जनाभन्दा बढीको मृत्यु र २०० जना घाइते भएकोमा ३८ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ भनि एबिसीन्युजले समाचार लेखेको छ ।
भारतमा एउटै मुद्दामा यति धेरै अभियुक्तलाई मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । सजाय उच्च अदालतबाट पुष्टि हुनुपर्छ।
न्यायाधीश एआर पटेलले अहमदाबादका विभिन्न भागहरूमा दर्जनभन्दा बढी बम विष्फोट भएको मामिलामा ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।
हर्कत-उल-जिहाद-अल-इस्लामी नामक लडाकू मुसलमान (इस्लामिक) समूहले बम विस्फोटको जिम्मेवारी लिएको छ। यो पाकिस्तानमा आधारित मानिएको थियो तर अहिले यो निस्क्रिय छ ।
दिवा भोजनको बट्टा र दूइ चक्र वाहन (लन्चबक्स र साइकल)मा लुकाएर राखिएको विस्फोटक पदार्थसहित दुईवटा आक्रमण भएको थियो। पहिलो विष्फोट अहमदाबादको भीडभाडमा व्यस्त किनमेल केन्द्रहरू नजिक भएको थियो र दोस्रो विष्फोट करिब २० मिनेट पछि हताहत भएका अस्पतालहरू र वरपर भएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तत्कालीन गुजरात राज्यको मुख्यमन्त्री तथा शीर्ष निर्वाचित अधिकारी थिए।
प्रतिक्रिया