रुसले मस्कोस्थित अमेरिकी दूतावासका उप नियोग प्रमुख (डेपुटी चिफ अफ मिसन)लाई निष्कासन गरेको छ ।
अमेरिकाले बिहीबार रुसले मस्कोमा रहेको अमेरिकी दूतावासका दोस्रो सबैभन्दा वरिष्ठ कूटनीतिज्ञलाई कुनै औचित्य बिना निष्कासन गरेको आरोप लगाएको छ । र ,यसलाई युक्रेन संकटमा उच्च सतर्कताको समयमा चर्काएको कदम भनेको छ।
मस्कोमा रहेका कूटनीतिज्ञ बार्ट गोर्मनलाई यस वर्षको सुरुमा रुसले देश निकाला गरेको थियो । र ,देश छोड्न दुई हप्ताको समय दिइएको थियो भनि अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले भने।
गोर्मन गत हप्ता रुसबाट अमेरिका आई पुगेको अधिकारीले बाताएको समाचार सिएनएनले लेखेको छ ।
यो कूटनीतिक मुद्दा युक्रेनमा रूसी आक्रमणको बारेमा बढ्दो चिन्ता र बिहीबार राष्ट्रपति जो बाइडेनको चेतावनीको बीचमा अगाडि आएको हो ।
अमेरिकासँग रुसले युक्रेनमा आगामी केही दिनहरूम आक्रमण गर्ने योजना बनाएको बारेमा थुप्रै संकेत रहेको बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार रुसले गोर्मनलाई निष्कासन गरेको पुष्टि गर्दै उक्त कार्य “उत्तेजनाविना” भएको बताए।
“हामी यसलाई चर्काएको बढ्दो कदम मान्छौं र हाम्रो प्रतिक्रियालाई विचार गर्दैछौं,” प्रवक्ताले भने। गोर्मन कानूनी प्रवेशाज्ञा लिएर तीन वर्षभन्दा कम समय रूसमा रहेक थिए र उनको समय समाप्त भएको थिएन, प्रवक्ताले भने ।
प्रवक्ताले भने, “हामी रुसलाई अमेरिकी कूटनीतिज्ञ र कर्मचारीहरूको आधारहीन निष्कासन अन्त्य गर्न र हाम्रो लक्ष्यहरू पुनर्निर्माण गर्न उत्पादक रूपमा काम गर्न आह्वान गर्दछौं,” प्रवक्ताले भने।
प्रतिक्रिया