विराटनगर,४ फागुन।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्दकुमार राईले कामको चाप र राजनीतिक आवश्यक्ताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताउनु भएको छ।
समाजवादी प्रेस संगठन नेपालको प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले विगतको सरकारले कुनै पनि काम गर्न नसकेकाले कार्यको विशेषताले मन्त्रालयको विभाजन गर्नु परेको धारणा व्यक्त्त गर्नु भयो।
मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तारबाट केही खर्च वृद्धि भएपनि सरकारले राजश्व वढाउने विश्वास दिलाउँदै विगतको सरकारले ठूलो आर्थिक खाड्ल सिर्जना गरेकोमा त्यसलाई पुर्न काम भैरहेकोले नयाँ योजना ल्याउन समस्या उत्पन्न भैरहेको जानकारी दिनु भयो।
उहाँले सरकारले बजेटको पुनरावलोकन गरी अनावश्यक योजना कटौती गरी आगामी १०÷१५ दिनभित्र केन्द्रबाट थप बजेट ल्याइ प्रदेशको समृद्धिका लागि केही नयाँ योजना ल्याउने बताउनु भयो।
मुख्यमन्त्री राईले प्रदेशका नामका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको भेलावाट सर्वसम्मत अथवा मतदान प्रक्रियाबाट आगामी प्रदेश सभाको अधिवेशनबाट टुङ्याउने विश्वास दिलाउनु भयो।
उहाँले प्रदेशको संरचना निर्माणका लागि यही आर्थिक वर्षभित्र जग्गाको खोजी गरी आगामी आर्थिक बर्षमा निर्माण कार्य शुरु गर्ने जानकारी दिनु भयो।
मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुको हकहित र वृत्ति विकासका लागि मन्त्रालयमा थप बजेट विनियोजन कार्यान्वयन गर्ने बताउदै सञ्चारकर्मीहरुको सुझाव अनुसार प्रादेशिक सञ्चार प्रतिष्ठान विधेयक मार्फत ऐन निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले महिला तथा अपाङ्गलाई पत्रकारिता पेशाप्रति आकर्षण जगाउन प्रोत्साहनको व्यवस्था गर्ने बताउनु भयो।
उहाँले रडियो,टेलिभिजन प्रदेशस्तरमा दर्ताका लागि विधि कानून अनुसार ऐन बनाउने कार्य भइरहेको जानकारी दिनु भयो।
नेकपा (एकीकृत समाजवादी)का प्रदेश सचिव महेश रेग्मीले स्वार्थभन्दा माथि उठेर देश र समाज परिवर्तनका लागि एक ढिक्का भै आगाडि वढनु पर्नेमा जोड दिनु भयो।
समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल,केन्द्रीय वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी,केन्द्रीय सह महासचिव रामकुमार एलन,प्रदेश इन्जार्च तीर्थ सिग्देल,,प्रेस संगठन नेपालका प्रदेश उपाध्यक्ष नवराज कट्टेल र नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे अनलाईन पत्रिकालाई प्रदेशमा दर्ताको व्यवस्था गर्न आग्रह गर्नु भयो।
समाजवादी प्रेसको प्रदेशका १४ जिल्लामध्ये १० मा संगठन विस्तार गरिएको छ भने मोरङ र प्रदेश कमिटीलाई पूर्णता दिने कार्यक्रम रहेको छ।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया