समितिले फागुन ६ गते बिहान विराटनगरको ट्राफिक चोकदेखि तीनपैनीसम्म र अन्य सबै पालिकाहरुले एक विशेष स्थानमा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
यसैगरी तीनदिन सबै सरकारी निकाय÷सङ्घ,संस्थाहरु लगायत महानगरका विभिन्न सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा फहाराउने निर्णय गरिएको छ।
यस्तै फागुन ७ गते विराटनगरमा रहेका वृद्धाश्रम,अनाथाश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गर्ने,सोही दिन साँझ ६ बजे जिल्ला प्रशासन कार्यालय अगाडि दिपावली र फागुन ८ गते विहान अस्पतालमा रक्तदान गर्ने निर्णय गरिएको छ।
उक्त सम्पूर्ण कार्यक्रमहरुमा प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर महानगरपालिका,कोशी अस्पताल,नेपाल रेडक्रस सोसाइटी मोरङ, कर्मचारी मिलन केन्द्र मोरङ,विभिन्न ट्रेड यूनियनका संघ संगठनहरु,राष्ट्र सेवक कर्मचारीहरु,उद्योगी,व्यापारी,विभिन्न संघ संस्थाको सहभागिता रहने छ।
प्रतिक्रिया