३ वटै कोरोना बिरुद्ध खोप लगाएकी कर्नवालकी रानी क्यामिला कोरोना संक्रमित

इनेप्लिज २०७८ फागुन २ गते १३:४२ मा प्रकाशित

३ वटै कोरोना बिरुद्ध खोप लगाएकी कर्नवालकी रानी क्यामिला कोरोना संक्रमित भएकी छिन । प्रिन्स चार्ल्सकी पत्नी डचेस अफ कर्नवाललाई दुई वटा खोपको साथै अभिवर्धक खोप लगाइएता पनि उनि कोभिड-१९ बाट संक्रमित भएकी छिन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

उनी संक्रमित भएको पुष्टी उनको कार्यालयले सोमबार बिहान पुष्टि गरेको छ । छोटो सन्देश दिदै कोरोना संक्रमित भएको र हाल स्वयम् निगरानी/एकान्तवासमा बसेको जनाईएको छ । साथै छोटो बिज्ञप्तिमा हामी सरकारी निर्देशनहरू पालना गर्न जारी राख्छौ भनिएको छ ।

७४ बर्षिय क्यामिला ले तीन वटै खोप लगाएकी थिइन् भने गत फेब्रुअरी १० मा ७३ बर्षिय उनका पति चार्ल्सलाई कोरोना भएको थियो ।

तर क्यामिलाले उनले आफ्नो सार्वजनिक गतिविधिहरू जारी राखी रहेकी थिइन् ।

जब चार्ल्स कोरोना संक्रमित भएको खबर बाहिर आयो, उनले अघिल्ला दिनहरूमा आफ्नी आमा रानी एलिजाबेथसँग केही समय बिताएका थिए। तर क्यामिला निगरानीमा थिइन् । त्यतिबेला क्यामिलामा कुनै लक्षण देखिएको थिएन।

तस्बिर कृतज्ञता :स्काईन्युज

प्रतिक्रिया