जर्मनीको एक मधुशालामा श्यामपेन पिउदा १ जनाको मृत्यु भएको छ भने ८ जना अस्पताल भर्ना भएका छन् । जर्मनीको चर्चित बाभेरियन बार(मधुशाला)मा स्पाइक (काडे )सिसीको श्यामपेनको उक्त घटना भएको समाचार एबिसीन्युजले लेखेको छ ।
अन्य आठ जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको जर्मन अभियोजनकर्ताहरूले सोमबार बताए । मृत्यु हुने व्यक्ति ५२ वर्षका थिए भने अन्य अस्पताल भर्नाहरुमा ३३ र ५२ वर्षका रहेका छन् ।
वरिष्ठ अभियोजक गर्ड शेफरले त्यस श्यामपेनमा केही मिसिएको आशंका गर्दै विषाक्त भएकोले विषाक्तको प्रभावले उक्त दुर्घटना भएको बताए ।
शेफरले विषाक्त परीक्षणहरू पूरा भइसकेको र विषाक्त पदार्थ पत्ता लागेको जनाए । तर श्यामपेनमा एक्स्टेसी नामक औषधि मिसाएको हुनसक्ने स्थानीय सञ्चारमाध्यममा आएका समाचारहरू भएता पनि यसले निश्चित न भै सकेको जनाइएको छ ।
प्रहरीका अनुसार घटना शनिबार राती वेडेनको बाभेरियन शहरमा भएको थियो। एक समूहले श्यामपेन एक सिसी आदेश दिएको सबै मिलेर पिउदा घटना भएको बताईएको छ ।
जब प्रहरीहरु मधुशाला (बार)मा आइपुगे, उनीहरूले मानिसहरूलाई भुइँमा पीडासहित लडिरहेका भेट्टाए र तीमध्ये आठ जनालाई अस्पतालमा भर्ना गर्नुपर्यो।
शनिबार राति अस्पतालमा भर्ना भएका ५२ वर्षीय पुरुषको केही समयपछि मृत्यु भएको थियो ।
शेफ़रले लापरवाही हत्याको आशंका रहेको बताए, तर उनले जारी अनुसन्धानलाई उद्धृत गर्दै थप विवरण दिन चाहेनन्।
प्रतिक्रिया