साँझपख दियो बालेँ
तिमी आउछौ भनी
भगवानलाई नमन गरेँ
दस औँला जोडी।
छेउमा पुजा थाली राखी
प्रतीक्षारत रहेँ
तिमिलाई हेरिरहने
आँखा बन्द गरेँ/मनको आँखा खोलेँ।
बन्द आँखा कुरि रहेँ
मनको आँखा खोली
धडकन मेरो बढीरह्यो
तिमी आउछौ भनि।
सोह्र श्रीङ्गार सजिए म
केवल तिम्रो लागि
शिरको सिउदो खाली छ है
तिमी आउछौ भनी
प्रतीक्षारत छु है म त
तिमी आउछौ भनी ।
– तारा गुरुङ्ग
बेलायत
प्रतिक्रिया