कोसेली नओइलिने फूल

नीलकण्ठ सुवेदी २०७८ माघ २९ गते १९:५१ मा प्रकाशित

प्रिय फूल !
मनसंग मन मिसाएर
तिम्रै छत्र छायॉमा फुल्ने
सपना र सदिच्छा छ

मनको पीडा साट्नु छ
अन्तस्करणबाट सुनाउनु छ
मैले काडामा फुल्नु परेका कथांशहरू

आदिदेखि अन्त्य
तिम्रै खुसीसंग रमाएर
तिम्रै प्रणयमा पग्लेर
साटनु छ तिम्रो रङ्गको उज्यालो
हातमा बोकेर लालीगुराँस
बादलको घुम्टो उघार्न सके भने
सार्थक हुनेछ
तिम्रो छेउमा फुल्न पाएको महत्त्व

तिमीसगै रमाएर
फुल्न खोज्ने सपना मेरा
कोमल मनोभावहरू
नमुर्झाउने प्रेम बनोस्
प्रमोद बनोस्
म नओइलने फूल हुन
चाहिन्छ मलाई प्राकृत प्रेम
प्रणयका रहरहरू पुरा गर्न
चाहिन्छ मलाई तिम्रो रहरिलो समय

समाएर नओइलने फूलको डाठ
अनादीसम्म तिम्रै मायामा हराउनु छ
आफ्नै दुनियामा साटेर प्रेमालापहरू
रमाउनु छ सधैं प्रेम दिवसको उत्सव
सपना र प्रेम दिवसमा मात्र होइन
मलाई सधैं सधैं दिनु पर्नेछ
उपहारमा कहिल्यै नओइलाउने फूल ।

नीलकण्ठ सुवेदी
( भर्जिनिया,अमेरिका )

प्रतिक्रिया