जाडोको दिनमा,
अन्घकारले आफ्नो पालो सके पछि,
वल गरेर उज्यालोले आड्ग तान्छ,
वर्फले ढाकिएको प्रांगणमा,
एकजोडी जुरेली झुल्किन्छन् ,
कता थिए ती यतिन्जेल,
छक्क पर्छु,
प्रांगणमा टांगीएको छ “वर्ड फीड”
दाना छ केही वचेको,
जुरेली दम्पती यत्नसाथ झुलेका छन्
दाना झिक्न,
एउटा तलबाट,
अर्को माथिबाट,
कस्तो होला भोकको आगोले
जन्माएको त्यो अधैर्यता ?
यता झ्यालबाट पालेको विरालोले
ऱ्याल काढदै,दाह्रा किटेको देख्छु
वाहिर देख्छ उस्को आहार
हिंऊले जान सक्दैन,
प्रयासका आआफ्नै व्याख्खा हुनसक्छन्,
चरी हरू भोकाएका छन्
विरालोको आहारा खोज्ने जातै हो ,
यता कफी मेकरमा कफी तयार छ,
एकै छिन पछि खाना पाक्छ,
खाईन्छ,
फेरि शुरू हुन्छ परिवर्तित दृश्य र
जुरेलीको भागीरथी प्रयास,
आज त दाना थप्नु पर्छ
भोली विहान जुरेलीहरू फेरि झुम्मिन्छन्,
झ्यालमा वसेर विरालोले दाह्रा किटछ,
म कफी पिंउंदै,
नेपालको नाडी छाम्छु,
भोली फेरि घुम्म त न होला कि ?
विस्मयको पहिलो प्रहर पछि
घाम त लाग्ला कि !
सुशील नेपाल
२/४/२२
राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरीका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया