स्व. भूलको ११औं पुण्य तिथिमा शोक श्रद्धाञ्जली, मृत्तककी पत्नीलाई आर्थिक सहयोग

इनेप्लिज २०७८ माघ २३ गते ९:४७ मा प्रकाशित

 

धनगढी,माघ २३÷मोहन्याल गाउँपालिका वडा नम्बर ७ कचालीका स्वर्गीय टीकाराम भुलको ११ औं पुण्य तिथिको अवसरमा शोक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।नेकपा एमाले मोहन्याल वडा नम्बर ७ को कमिटीले शोक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो।

शोक श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमाले कैलाली जिल्ला सदस्य वीरेन्द्रबहादुर रावलले शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुभएको छ।उहाँले मृत्त आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई हार्दिक समवेदना पनि प्रकट गर्नुभएको छ।

शोक श्राद्धाञ्जली कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य विश्वास शाह विशिष्ठ अतिथि रहनुभएको थियो।भने अतिथिमा समाजसेवी तथा नेकपा एमालेका नेता पुस्कल माझी,धर्मराज सोनी,नेकपा एमाले मोहन्याल गाउँ कमिटीका उपसचिव लिलाराम माझी,युवा संघ नेपालका मोहन्याल गाउँ कमिटीकाअध्यक्ष रोशन खनाल,शिक्षक संगठनका पूर्व जिल्ला कमिटी सदस्य टीकाराम जैशी रहनुभएको थियो।

नेकपा एमाले मोहन्याल गाउँपालिका वडा नम्बर ७ का उपाध्यक्ष कबिराम देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक संगठन मोहन्याल गाउँपालिका कमिटीका पूर्व अध्यक्ष नरेन्द्र थापाले गर्नुभएको थियो।
स्वर्गीय भुलका ५ जना छोरी,एक पत्नी र बुबा रहेका छन।अहिले उनीहरुलाई घर खर्च चलाउनै मुस्किल भएको छ।घर खर्च चलाउन समस्या भएपछि केही राहत पुगोस् भनेर कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रूबहादुर रावलले ११ हजार १ सय एक रुपैयाँ सहयोग गर्नुभएको छ।

प्रतिक्रिया