राजनितिको छाता ओडी, परराष्ट्र्मा धाएर

नबिन बि.क, केन्द्रिय सदस्य, चीन ,हाल अमेरिका २०७८ माघ २१ गते १:२५ मा प्रकाशित

राजनितिको छाता ओडी, परराष्ट्र्मा धाएर
आरजुलाई दाम चढाई , देउवाको पावर लाएर
उम्देवारको बकेट मनिमा, फाईभ स्टारमा खाएर
संस्थामा फुर्ति लाउछन हजुर, टु्प्पोबाट आएर

कस्तो रैछ मिल्ने भन्या,आफै जिते मात्रै मिल्ने
बिधान सम्मत अघि बढदा मरिकाटे कुरा नमिल्ने
परराष्ट्र ,अदालत र पुलिस सम्म,संस्था पुर्याई छाडे
अब गुहार्ने पालो चुन्द्रेमुन्द्रेको,लास्टै रैछन सार्है आँडे

जमानत जफत त भईहाल्छ, जुत्ता मोसे पनि दल्छौ
जहा भेटे त्यही ठोक्छौ, हेरौला नी कसरी छल्छौ ?
लाखौको खुन पसिनाले, ठड्याएको संस्था हो हाम्रो
दुःख पाउछौ डाम्नाहरु , समयमै सुध्रिय धेरै राम्रो

अलिकति समय लाग्ला,तर जित सधै सत्यकै हुन्छ
कस्तो थियो कस्तो बनाए, संस्था सम्झिदा मन रुन्छ
नआउ बिन्ति यो संस्थामा ,राजनितीको छाता ओडी
आउ संगै हातेमालो गरौ, ब्यक्तिगत रिस राग छोडी
आउ संगै हातेमाले गरौ ब्यक्ति गत रिस राग छोडी !!

नबिन बि.क
केन्द्रिय सदस्य एनआरएनए, चीन
हाल अमेरिका

प्रतिक्रिया