के भनु र खै, कहाँ गयो प्यारो नेपाल हाम्रो !!

खुश्बु अग्रवाल,पुर्ब उपाध्यक्ष, एनआरएनए, चीन २०७८ माघ २० गते २३:५८ मा प्रकाशित

सूर्य र चंद्रमा भएको रातो ध्वजा हाम्रो
सूर्य जस्तै तेजस्वी छन् युवा पिढ़ी हाम्रो
शीतलता छ चंद्रमाको वृद्धजन मा हाम्रो
कसैले बुझेका छैनन् यस्लाई, कस्तो दुर्भाग्य हाम्रो
के भनु र खै ?, कहाँ गयो प्यारो नेपाल हाम्रो !!

वीरहरुको रगतले सिंचित रातो भूमी हाम्रो
संसारलाई नै तर्साउने बिर गोर्खाली सेना हाम्रो
शत्रुहरु थर थर काम्ने, त्यस्तो थियो शान हाम्रो
यो सत्ताको लड़ाई ले मुर्छित, बिचरा मातृभूमि हाम्रो
के भनु र खै? कहाँ गयो प्यारो नेपाल हाम्रो !!

देखेका छौं हामीले सफ़ा, सुन्दर राम्रो नेपाल हाम्रो
स्वच्छ ,सुन्दर र शान्त थियो पबित्र नेपाल हाम्रो
ढकमक हरियालीले ढाकिएको थियो नेपाल हाम्रो
स्वास फेर्न गार्हो छ अचेल, प्रदुषण छ कस्तो नराम्रो
सोध्छन् साना नानी बाबु ,किन हो देश यस्तो हाम्रो?
के भनु र खै , कहाँ गयो प्यारो नेपाल हाम्रो !!

ए नानी बाबु ! तिमिहरुनै हौ उज्ज्वल भविष्य हाम्रो
फेरी पहिलाको जस्तै बनाईदेउन नेपाल चट्ट राम्रो
कोही पनी नलडुन धर्म, जाति र पार्टीको नाउँमा
सधै सुख,शान्ति र एकता छाईरहोस हरेक गाँउमा

चन्द्र र सुर्य झै अटल छ , प्यारो नेपाल हाम्रो
गर्वले फेरी भन्न पाईयोस,आहा नेपाल कस्तो राम्रो
ल हेर फर्केर आयो है,प्यारो नेपाल हाम्रो
ल हेर फर्केर आयो है, प्यारो नेपाल हाम्रो।

-खुश्बु अग्रवाल,पुर्ब उपाध्यक्ष, एनआरएनए, चीन

प्रतिक्रिया