अमेरिकामा छोटो मिठो गफ मन पराउछन । अमेरिकीहरु प्राय जसो लामो कुरा गर्न मन पराउदैनन । अमेरिकाका बिदेशीहरु लम्बेतान गफ गर्न झर्को मान्दछन l अमेरिका आउने सोच बनाएका र भर्खर आएकाले यस्ता कुरा जानी राखेमा कुनै हानी हुदैन। जस्तो देश उस्तै भेष भने झैँ अमेरिकी जीवन व्यस्त जीवन हो ।
अमेरिका बारेमा हामीले नेपालमै सुनेका छौ भने पनि अमेरिका आए पुगे पछि अझ हामी यहाँको व्यस्तता बारेमा ज्ञान हुन्छ । किनभने स्वयमले सबैले काम भ्याउनु पर्ने भएकोले समय व्यवस्थापन गर्न हम्मे हम्मे हुन्छ ।
अमेरिकीहरु छोटो कुरा गर्दछन l जति संक्षिप्त भयो उति उनीहरु खुशी हुन्छन l लामो कुरा र गफ भयो भने काउसो लागेको जस्तो मान्दछन l संचार माध्यममा कुरा गर्दा पनि छोटो गर्दछन l लामो र घुमाउरो मन पराउदैनन l अमेरिकामा सिधा कुरा गर्नु पर्छ l
जति संक्षिप्त भयो उति उनीहरु खुशी हुन्छन
उनीहरु चाहे जति ठिक्क गफ गर्न मन पराउदछन l नेपालीहरु जस्तो गफ गर्नु पर्यो भने बाह्र बत्ताइसको कुरा गर्न जान्दैनन् l बिषय वस्तु संग केन्द्रित हुन्छन l महाभारत भन्न थाले अल्मलिन्छन ।
अमेरिकामा परिचय गर्दा पनि नेपाली जस्तै तीन पुस्तेको सोधखोज गर्दैनन l नाम फलाना हो भने पछि पुग्यो उनीहरुलाई l आफ्नो परिवारको बारेमा पनि धेरै बक्न चाहदैनन् l त्यो निजि मामला भएकोले त्यता तर्फ जादैनन् l अमेरिकामा त्यसो गरे अस्वाभाविक ठानिन्छ l अनौठो मानिन्छ l बिचित्र ठान्दछन l मन पराईदैन l मन पराउदैनन l सारमा कुरा गर्न रुचाउदछ्न l
आफ्नो परिवारको बारेमा पनि धेरै बक्न चाहदैनन्
आखिर अमेरिकामा किन छोटो गफ गर्न मन पराइन्छ ?
अमेरिकामा मानिस अति व्यस्त हुन्छन l आंकडा अनुसार विश्व मै सबै भन्दा ज्यादा घण्टा काम गर्ने मानिस अमेरिकामा छन् l २४ सै घण्टा जीवन चल्दछ l समय कम छ l धेरै परिश्रम र मेहनत छ l छोटो गफ गरि टुंग्याउने प्रयास गर्दछन l
अमेरिकामा रहेका नेपाली पनि के लामो गफ गर्न रुचाउदछन त ?
हामी नेपालीहरु लामो कुरा गर्न रुचाउछौ । धेरे कुरा गरे नजदिक हुने हुन्छ l जति गफ गर्यो त्यति नजिक र हितैसी हुने ठानिन्छ । हामी नेपालमा ज्यादा फुर्सदमा हुन्छौ l नेपालमा ज्यादा पुरुष काम गर्ने हुनाले महिलाहरुले ज्यादा घरको सबै हेर्ने हुनाले अलिक ज्यादा फुर्सद हुने हुन्छन l तर पहिले जस्तो अवस्था छैन किनभने दुवैजना काममा जाने चलन पनि छ ।
नेपालमा बेरोजगारको मात्र ज्यादा भएकोले फुर्सद पनि हुन्छ l अनि समय बिताउने मेलो नै भला कुसारी हो l लम्बे तान गफ l त्यो आदत हट्न समय लाग्दछ l अमेरिकाको पानी लाग्दै गरेकोले अब त्यो आदत बिस्तारै हट्ने क्रममा छ l अमेरिकामा बेरोजगारी निकै कम छ त्यसैले सबै व्यस्त हुन्छन ।
अमेरिकामा पुरुष तथा महिला दुवै नै ब्यस्त हुने हुनाले समय हुदैन l कुरा गर्दा छोटो गरेर अन्यलाई पनि समय व्यवस्थापन गर्नु पर्ने हुनाले छोटो गफ गर्न रुचाउने हुन्छन l धेरै गफ गर्न चाहदैनन् l अमेरिकामा छोटो कुरा गरे सबैले सुन्छन ।
कुरा गर्दा छोटो गरेर अन्यलाई पनि समय व्यवस्थापन गर्नु पर्ने हुनाले छोटो गफ गर्न रुचाउने हुन्छन l
कुरा संक्षेपीकरण गर्दा समय बचत हुनेछ l कुरा छोटो गर्नु उत्तम हुनेछ l अमेरिकामा सबैभन्दा ठुलो कुरा समय कम हुने हुनाले कुराकानी कम र काम ज्यादा हुन्छ । नव आगन्तुकहरुले अझ यस बिषयमा ध्यान पुर्याउनु नै उत्तम हुनेछ ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया