विराटनगर,६ माघ। प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पतालहरुलाई कोरोना सङक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन आज यहाँ निर्देशन दिनु भएको छ। मन्त्री यादवको अध्यक्षमा मन्त्रालयमा बसेको बैठकले कोरोना सङ्क्रमितहरु प्रदेशमा बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई सम्वेदनशील भै उपचारका लागि २४ घण्टा तयारी अवस्थामा रहनु पर्नेमा जोड दिनुभयो।
मन्त्री यादवले मन्त्रिस्तरीय बैठकले आजै १४ वटै जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय गरेको जानकारी समेत दिनु भयो।उहाँले सङक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामाग्रीहरु अस्पतालहरुले प्रवन्ध गर्ने र अन्य सामाग्रीहरु मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको बताउनु भयो।
बैठकले सामुदायिक तथा निजी अस्पतालहरुलाई पनि कोरोना सङ्क्रमितको उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ।बैठकमा मन्त्रालयका सचिव दीर्घराज मैनाली,उपसचिव कृष्णप्रसाद पोखरेल,स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया