विराटनगर,५ माघ ।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण देखिएको जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८,झापामा ६८,धनकुटामा १५,इलाम,संखुवासभा र उदयपुरमा दुई÷दुई , ताप्लेजुङ,पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो।
सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा छ , इनरुवा र स्थानीय तह नखुलेका चार÷चार,देवानगञ्ज,बराहक्षेत्र र कोशी गाउँपालिकामा तीन÷तीन , हरिनगर र रामधुनीमा दुई÷दुई,मोरङको विराटनगरमा २४०,सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका तीन÷तीन,लेटाङ,कानेपोखरी र ग्रामथानमा दुई÷दुई,धनपालथान,सुनबर्षी,कटहरी,उर्लाबारी,पथरीशनिश्चरे र रंगेलीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ।
यसैगरी झापाको विर्तामोडमा १७,भद्रपुरमा १५,दमकमा नौ, कनकाईमा आठ, शिवसताक्षी र मेचीनगरमा पाँच÷पाँच,अर्जुनधारामा चार,कचनकवल र कमल गाउँपालिकामा दुई÷दुई,गौरादहमा एक,धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे,साँघुरीगढी र पाख्रिबासमा एक र स्थानीय तह नखुलेका दुई,इलामको इलाम नगरपालिकामा दुई,संखुवासभाको मकालु र स्थानीय तह नखुलेका एक÷एक ,उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एक÷एक,ताप्लेजुङ,पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा आज नौ महिला सहित २३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ।यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया