वीरेन्द्र रावल,धनगढी-माघ ५÷तीन महिना पहिले मोटरसाईकल दुर्घटनामा परि घाईते भएका जोशीपुर गाउँपालिका वडानम्बर ५ घुस्ररीका सुरज चौधरी उपचार अभावमा जीवन मरणको दोसाँधमा रहेका छन्।
मोटरसाईकल दुर्घटनामा परि टाउकोमा चोट लागेका सुरजको आधा शरिर प्यारालाईसिस भएको छ।घाईते भएका चौधरीलाई तत्काल आफन्तको सहयोगमा सेती अञ्चल अस्पताल पुगाइएको थियो।त्यहाँ उनको उपचार सम्भव नभएपछि धनगढीस्थित निशर्ग अस्पतालमा भर्ना गरिएका उनको अवस्था हालसम्म कुनै सुधार हुन सकेको छैन।
टाउँकोमा गम्भीर चोट लागेर प्यारालाईसिस भई एकतपर्फको हात खुटट चल्न नसक्ने अवस्थामा रहेका उनलाई हाल निशर्ग अस्पतालले आफ्नै थेरापि सेन्टरमा उपचारका लागि पकठाएको घाईते सुरजकी आमा शोभा चौधरीले बताउनु भयो।
अस्पतालले थेरापि गर्नुपर्छ,विस्तारै ठिक पनि हुन सक्छ,ठिक हुन समय लाग्न सक्छ भनेपछि हाल हसनपुस्थित थेरापि सेन्टरमा दैनिक दुई हजार रुपैया तिरेर एक महिना देखि थेरापी गराँदा पनि कुनै सुधार नआएको आमा शोभा बताउनु हुन्छ।
एक श्रीमति,नावालक छोरी सिर्जना र आमा शोभा हाल थेरापी सेन्टरमा रहेका छन्।
विपन्न,मजदुरी गरिखाने छोरा मोटरसाईकल दुर्घटनामा परि घाईते हुँदा घर परिवारको कमाई गर्ने एकमात्र स्रोतको अन्त्य हुन पुगेको शोभाले बताईन।
अर्काको पसलमा पेईन्टीङको काम गर्ने सुरज काम बिशेषले जोशीपुर जानेक्रममा मोटरसाईकल दुर्घटनामापरि घाईते भएका थिए।
घरको एकमात्र कमाई गर्ने सहारा असक्त हुँदा सारा परिवारनै विचल्लीमा परेको दुखेसो पोख्नु हुन्छ—शोभा।अरुको घरमा मजदुरी गरेर खाने हामी जस्ता विपन्न परिवारका लागि उपचार कसरी गर्ने होला ? अस्पतालमा लागेको कर्जा कसरी तिर्ने होला भन्ने तिन्ताले सताएको बताउनुहुन्छ—शोभा।
घाईते सुरज चौधरीको उपचारका लागि स्थानीइ सरकार,विभिन्न सहयोगीहरुले आ—आफ्नो तर्फबाट सहयोगीहताहरु बढाउन सकेको भए विपन्न सुरजको उपचार सम्भव हुने बताउनु हुन्छ—धनगढीस्थित ईन्द्रेणी होटलकी सञ्चालक राधिका बिष्ट।
विपन्न सुरजको अवस्था देखेर आफुलेपनि १० हजार नगद सहयोग गरेको बिष्टले बताउनु भयो।यस्तै कपडा व्यवासायी रेखा रोकायले पनि विपन्न एउटा मजदुरको उपचारका लागि आफुहरुले पनि सहयोग गर्ने सोच बनाएको बताउँदै केहि दिनमा सामाजिक सञ्जालमार्फतपनि अभियान चलाउने तयारी भैरहेको बताउनु भयो।
जोशीपुरमा केवल घरबास मात्र नभएका सुरजका बुबा नभएको र आमा शोभा र पत्नी बिमला चौधरी साथमा दुई महिनाको छोरी लिएर मजदुरी गर्ने भएतापनि हाल श्रीमान घाईते भएपछि श्रीमानको सेवामा बिताउनु परिरहेको बताउनु हुन्छ।
आमा,छोरा र बुहारी गरि तीनै जना मजदुरी गरेर धनगढीमा बस्दै आएका भएपनि हाल उनिहरुको बिल्लीबाठ भएको छ।अस्पतालमा लागेको खर्च समेत तिर्न नसकेर कसरी थप उपचार अघि बढाउने होला भन्ने ठूलो चिन्तामा हुनुहुन्छ — शोभा र विमला।
पती गुमाएकी शोभा छोरा र बुहारीको सहारामा बस्दै आएको भएपनि छोरा असक्त भैदिंदा भने झनै पिडामा रहेको बताउनु हुन्छ।
छोराको उपचारका लागि सरकार,स्थानीय निकाय र सरोकारवाला संग विमला र शोभाले सक्दो सहयोग गरिदिनका लागि पनि आग्रह गर्नु भएको छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया