रौतहट, ७ साउन । सहकारी डिभिजन कार्यालय रौतहटले कारोबार नै निस्क्रिय अवस्थामा रहेका २१ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
ती सहकारी संस्थाले साधारणसभा र लेखापरीक्षण नगरेको तथा सहकारी ऐनअनुसार प्रतिवेदनसमेत नपठाएको पाइएपछि संस्था खारेजमा परेका हुन् । खारेज हुनेमा कृषक कल्याण दुग्ध उत्पादक, हिमालय दुग्ध उत्पादक, महालक्ष्मी दुग्ध उत्पादक, जनज्योति दुग्ध उत्पादक, जयकिसान दुग्ध उत्पादक, पृथ्वी दुग्ध उत्पादक, कमलामाई बचत तथा ऋण, मुस्कान दुग्ध उत्पादक, जय दुर्गा माता कृषि सहकारी, जय मां बैष्णो देवी, श्रीराम कृषि सहकारी, ग्रामीण उत्थान कृषि सहकारीलगायतका रहेको सहकारी डिभिजन कार्यालयका प्रमुख गोपाल बरालले जानकारी दिनुभयो ।
सो कार्यालयले खारेज भएका सहकारी संस्थासँग कारोबार नगर्न र नगराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खारेज हुनेमा अधिंकाश दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् ।
प्रतिक्रिया