बेलायतका प्रधानमन्त्रीले २०२० मा भएको भोजमा भाग लिएकोमा माफी मागे,राजिनामाको पनि मांग

इनेप्लिज २०७८ पुष २९ गते १२:२० मा प्रकाशित

बेलायतका प्रधानमन्त्रीले २०२० मा भएको भोज भाग लिएकोमा उनले बुधबार माफी मागेका छन्। प्रधानमत्री बोरिस जोनसनले डाउनिङ स्ट्रिट मा बन्दाबन्दी(लक डाउन )को समयमा भोजमा सहभागी भएको कारण उनको राजीनाको माग गरिएको हो ।

प्रधानमन्त्री जोनसनले मे २०२० मा डाउनिंग स्ट्रिटमा कर्मचारीसँग आफू र उनकी श्रीमतीले भाग लिएका थिए । उनले संसदमा स्पष्टीकरण दिदै आफूले उक्त भोजलाई बैठक हो भनि सोचेको भन्दा सांसदहरुले हासो उडाएका थिए ।

यद्यपि बेलायतमा उक्त समयमा घरपरिवारहरूले बाहिर मात्र अन्य व्यक्तिसँग मात्र भेट्न सक्छन भनि नियम रहेको थियो ।

जोनसनका निजी सचिव, मार्टिन रेनोल्ड्सले १०० भन्दा बढी कर्मचारीहरूलाई ग्रीष्मको मौसमको सदुपयोग गर्न र “आफ्नो मदिरा ल्याउनुहोस्” भनी एउटा बिधुतिय डाक (इमेल)पठाएको समाचार बाहिरिएको थियो ।

गत वर्षको अन्त्यमा समेत उनका कर्मचारीहरूले २०२० क्रिसमस भोजमा भाग लिएका थिए भनि एबिसीन्युजले समाचार लेखेको छ ।

जुन समयमा बेलायतमा बन्दाबन्दि (लकडाउन )थियो र नियम उल्लङ्घन गरिएको थियो। कथित घटनाको बारेमा ठट्टा गरेको श्रब्य दृश्य (भिडियो ) बाहिरिए (लीक )भएपछि प्रधानमन्त्रीका पूर्व सल्लाहकारलाई राजीनामा दिन बाध्य पारिएको थियो।

“म दोहोर्याउन चाहन्छु कि मैले सोचे कि यो एक कार्यक्रम थियो र, सभामुख महोदय, म धेरै पछुताएको छु , म धेरै पछुताएको छु कि हामीले त्यो साँझ फरक तरिकाले काम गरेनौं … र म जिम्मेवारी लिन्छु र म माफी चाहन्छु , “जोनसनले बुधबार संसदमा भने।

प्रतिक्रिया