वैश्य सेवा परिषद्द्वारा पिछडिएका गरीव एवं दलित जनतालाई स्वास्थ्य सम्वन्धी तालीम शुरु

इनेप्लिज २०७८ पुष २८ गते २२:४३ मा प्रकाशित

विराटनगर,२८ पुस।वैश्य सेवा परिषद नेपाल विराटनगर र विराटनगर महानगरपालिकाद्वारा संयुक्त रुपमा वडा नं.६ मा वसोवास गर्ने पिछिडिएका गरिब,दलित महिला तथा वाल वालिकाहरुमा स्वास्थ्य तथा जनचेतना सम्बन्धि नेतृत्व विकास सम्वन्धी पाँच दिने तालीम आज देखि यहाँ शुभारम्भ गरियो।

वडा अध्यक्ष विजय कामतद्वारा उद्घाटन गरिएको तालीममा संस्थाका अध्यक्ष राम किसुन शाह,प्रशिक्षकहरु जयप्रकाश महतो,राजनितिज्ञ एवं पत्रकार दिनेश शाह, डा आर.के.शाह (वरिष्ठ फिजिसियन),दलित नेता हिरालाल सिंचुरी समेतले प्रशिक्षण दिनु हुने छ।

स्थानिय रौनियर धर्मशालामा सञ्चालन हुनेतालीममा विभिन्न विषयमा जनचेतनामूलक प्रशिक्षण सहभागीलाई प्रशिक्षण दिनु हुने संस्थाका महामंत्री त्रिलोकी भगतले जानकारी दिनु भयो।

तालीम समापनका दिन सहभागीहरुलाई दोसल्ला ओढाई सम्मान गरिने कार्यक्रम रहेको संस्थाका महामन्त्री भगतले बताउनु भयो।

प्रतिक्रिया