तिम्रो कालो लामो केश……………………

गोबिन्द राज ओझा     २०७८ पुष २३ गते १०:४१ मा प्रकाशित

तिम्रो कालो लामो केश हेरेर बसे म

तिमि बाटोमा रोकियौ भेटनलाई आए म

रोकिएर भेटन देउ प्रिय केहि कुरा गर्नु छ

धेरै पछिको भेटमा तिम्रो मुस्कान देख्नु छ

लुकि लुकि मलाई हेर्ने तिम्रा ति आखाहरु

म आए तिमिलाई खोज्दै देउ मायाका गफहरु

 

आए आज म तिमिसँग मेरा कथाहरु सुनाउन

तिमिले दिएको मायाको चिनो साथमा लिएर जान

सबै भन्दा प्यारो तिमिलाई मान्दथे म

तिम्रो कालो लामो केश हेरेर बसे म

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी

[email protected]

प्रतिक्रिया