हलो र जुवा हातमा कोदाली लिएर खेतमा काम गर्दा
त्यति सजिलो हुदैन किसान बनि खेतिपातिको काम गर्दा
जोत्नुपर्छ बाँझो बारी पसिनाले नुहाइदिनुपर्छ
किसानले कठिन काम गरेर पेट पाल्नुपर्छ
घाम ,पानि , भोक र तिर्खा भुलाएर खेतपातिमा काम गर्दा
रोगको अवज्ञा गरेर खेतिपातिको काममा लाग्दा
किसानको कथा र पिडाहरु कसले पढेको हुन्छ
रिन तिर्न नसकेर सधै जिवन दु:खि भएको हुन्छ
उसका फुटेका पैतालाहरुमा वेदना कति भोगेको हुन्छ
किसान बनी घर परिवार पाल्ने अठोट हुन्छ
आफ्नो पसिना बगाएर बाली लहलहाउँछ
किसानले आफ्नो स्वभिमानी कथा देखाउछ
श्रमको मूल्य किसानले कहाँ पाएको हुन्छ
जीवनसँग संघर्ष निरन्तर गरिरहेका हुन्छन्
के जाडो के गर्मी केही वास्ता नगरी श्रम गर्दा
किसानले ढुंगा माटो, गाउँवेंसीसँग संघर्ष गर्दा
अनि रोपारिहरु असारे भाकासँगै बीउ रोपिरहेका हुन्छन्
ढुंगा माटो, गाउँवेंसीसँग संघर्ष गर्दै जीवन जिरहेका हुन्छन्
ठुलो बर्षातको कामना गरिरहन्छ किनकि भोलि धानको बियाड रोप्नु छ,
किसान हो अन्न दाता यो सारा संसारको संघर्ष गर्नु छ
रात दिन केहि नभनि पसिना बगाई अन्न उत्पादन गर्नु छ
हामि सबै मिलेर देशको मुहार फेर्नु छ,सुन्दर देश बनाउनु छ
हामि सबैले पढनुपर्छ किसानको परिश्रमका कथा
खान नपाएर आधि पेटा खाएर खेतिपातिको काममा लाग्दा
किसानका लागि नयाँ नयाँ योजना बनाउनुपर्छ
किसानको हर खेतिपातिमा आउने समस्याको समाधान गर्नुपर्छ
किसानको हक अधिकारको बारेमा सबैले सोच्नुपर्छ
कृषकहरुको भावना बुझ्नुपर्छ यो देशले कृषिमा उन्नति गर्नुपर्छ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया