किन आउछ तिम्रो याद यो मेरो मनको मझेरीमा
किन देख्छु तिम्रो तस्विर यो मेरो आखामा
तिमिसँग बिताएका ति दिनहरुको सम्झना आईरहन्छ
तिमिलाई भेटन खोज्दा तिमि टाढा त्यो शहर पुगेकि रहेछौ
मेरो मनमा तिमि रह्यौ म बसेको छु तिम्रो यादमा
किन आउछ तिम्रो याद यो मेरो मनको मझेरीमा
हामि दुईको मिलन हुन्छ देउरालिको मन्दिरमा
सयौ जुनि सँगै जिउने वाचा गर्थ्यौ साथमा
आज तिमिलाई भेटन मन लागेको छ, तिम्रो घरमा
किन आउछ तिम्रो याद यो मेरो मनको मझेरीमा
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया