मोरङ, २० पुस।नोबेल शिक्षण अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोके बमोजिम शुल्क वाहेक अतिरिक्त शुल्क लिने कार्य बन्द नगरेमा भोलिदेखि तालावन्दी गर्ने घोषणा आज गरेका छन्।
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले अन्दोलनप्रति एक्यवद्धता जनाउदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा १५ औं व्याचका अध्ययनरत विद्यार्थीहरुले आयोगले तोकेको रु ४४ लाख ३६ हजार ०२५ मध्ये प्रथम वर्षको रु १४ लाख ७८ हजार ६७५ वुझाएको बाहेक इन्टर्नशिप शुल्क,होस्टल लगायत अन्य थप शुल्क गरीरु २० लाख माग गरी अध्ययनमा बन्चित गरेकोमा अविलम्व सहज पठनपाठनको हुनुपर्ने आग्रह गरेको छ।
सो अवसरमा अनेरास्ववियका नविन पाण्डेले यस सम्वन्धमा अस्पतालका प्रशासन समक्ष आज ज्ञापन पत्र वुझाएको र २४ घण्टाभित्र बार्ताको आव्हान गरी सहज अध्ययन व्यवस्था हुनु पर्ने नभए वाध्यता वस कलेजमा तालावन्दी गर्ने जानकारी दिनु भयो।
उक्त कलेजमा १५ औं व्याचको एमविविएस तर्फ १०० विद्यार्थी अध्ययन रहेकोमा ७० जनालाई अतिरिक्त शुल्क माग गरी अध्ययनमा बन्देज लगाइएको छ।)
प्रतिक्रिया