तिमि परदेश नजाउ प्रिय………………………

गोबिन्द राज ओझा (राजन) २०७८ पुष १८ गते १२:३९ मा प्रकाशित

तिमि परदेश नजाउ प्रिय मलाई गाउँमा एक्लो छाडी
एक्लै बाच्न सकिदैन यहाँ तिमिले जादा छोडि
गरेका बाचा कसम ति सबै निभाउ प्रिय तिमिले
गुन्द्रुक,ढिडो खाएर गाउँमा आनन्द सँगै बसौला हामिले

परदेशको बाटो नजाउ प्रिय प्रदेशि बन्नलाई
जन्मभुमि छोडेर तिमि परदेशि बन्नलाई
परदेशमा तिमि म एक्लो घरमा हुँदाको पिडा,सम्झी सम्झि
त्यो बिरानो मुलुकमा तिमि छौ प्रिय,घरमा म बसे तिमिलाई सम्झि

जन्मभुमि छोडि प्रदेशी हुनुको पीडा सबैको एउटै हुन्छ
बाबु आमा सिंगो परिवारलाई छोडेर जादाँ मेरो मन रुन्छ
जन्मदिने आमाबुवा,साथि संगिहरुको याद आउँछ परदेशमा
बाहिरि मन हासे पनि भित्रि मन रुन्छ परदेशमा

मनमा पिडा र आखामा आशु भए पनि फोनमा आशु लुकाई हासेर बोल्नु पर्ने
बिछोड को बेदनाले मुटु चिरिए पनि विवस् जिन्दगीमा बाच्नु नै पर्दो रहेछ
सपना त देखेको थिए मिठो साथ दिँउला भन्ने
परदेशको बाटो,बिरानो मुलुक कहाँ सक्छु बस्न दिन गनि

परदेशमा तिमि घरमा म एक्लो हुदाँको पिडा सम्झि
त्यो बिरानो मुलुकमा रुदै बस्यौ कि प्रिय मलाई सम्झि
तिमि नै थियौ आशा भरोसा तिमि नै परदेश गएपछि
बारबार मनलाई रुवायर सताउछ आशुले सधै नुहाएपछि

मरुभूमिमा पानीको भन्दा पनि तिम्रो मायाको प्यासले प्याकप्याकी लाग्छ
प्रिय हर रात दिन तिम्रो याद र तिम्रै मायाले पोलिरहन्छ
बुढी आमा भन्नुहुन्छ दशै आयो छोरा आएन, साहुले आउन दिएन
परदेशि भएपछि आफ्नो पीडा सुनाएर परिवारलाई पीडा दिन मनले मान्दैन

चुल्बुले छोरी र प्रिय तिमीलाई छाडेर आउन मन त कहाँ थियो र कान्छु
तिमिलाई त्यहाँ एक्लै छाडेर मलाई यहाँ मन सम्हाल्न गाह्रो हुन्छ
मातृभूमि देखि टाढि बस्नुको पीडाले कति मन दुख्यो
परिवारको साथ र घरको गाँस छाडेर परदेशमा बस्नुपर्दा

घर बाट बिछोडिनुको दु:ख र पीडा बिदाईको बेला कस्को पो आँसु नझर्ला ?
म यता आएपछि तिमीलाई त्यता कति गाह्रो भयो होला
घर परिवार, आफन्त, छर छिमेकी, समाजसँगको ब्यवहार कसरी धान्यौ होला
प्रिय हर रात हर दिन तिम्रो याद र मायाले पोलिरहन्छ, कहिले भेट भईएला

आँसुको धार लुकाइ रुदै बसेको छु,हजार दु:ख छ परदेशमा
पैसा कमाउन कहाँ त्यति सजिलो हुँदो रहेछ र परदेशमा
तिमीलाई छोडेर परदेशिनु मेरो रहर होईन बाध्यता भयो
परदेशी भूमिमा रहनुपर्दा गाउँको याद धेरै आयो

आफ्नो मृत्यु आफै किनेर रंगिन सपना बोकेर जाने ठाउ रहेछ
जन्मभुमि छोडि प्रदेशि हुदाँको पिडा भने सबैको एउटै हुन्छ
निराश नहुनु नेपाल आमाका सपुतहरु
ईश्वरले हेर्छन गरिबका यि पिडाहरु

रोजिरोटीको लागि बिदेशीनु भन्दा आफ्नै देशमा रोजगारीको सिर्जना गरौ
आफ्नै देशमा परिश्रम गरि देशलाई आत्मनिर्भर हुने अवसर सिर्जना गरौ

– गोबिन्द राज ओझा

प्रतिक्रिया