एसएसपी यादव मृत्यु प्रकरण : छानबिन आयोग गठन गर्न माग

इनेप्लिज २०७८ पुष १८ गते १२:२९ मा प्रकाशित

सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ।एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन्।

एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए।उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ।एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि उनकी श्रीमतीले आपत्ति जनाएकी छन्।यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने संकेत गरेकोमा के को आधार त्यसो भनिएको हो भन्दै उनले त्यसको जवाफ पनि माग गरेकी छन्।उनले पारिवारिक वातावरण सामान्य र सौहार्दपूर्ण रहेको जानकारी समेत दिएका छन्।

स्रोत रातोपाटी

प्रतिक्रिया