नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवको बीचमा फ्रान्सभरी ८७४ वटा सवारी साधन (कार)हरूमा आगजनी गरिएको फ्रान्सेली गृह मन्त्रालयले शनिबार जनाएको भछ।
दशकौं पुरानो परम्पराको पालना गर्दै जलाइएको ८७४ सवारी साधनहरू २०१९ मा जलाइएको भन्दा १,३१६ वटा घटेको मन्त्रालयले बतायो । किनभने आन्तरिक मन्त्रालयले कोभिड-१९ महामारीलाई न्यून गर्न लागू गरिएको निषेधाज्ञा (कर्फ्यू)का कारण २०२० संख्याहरूसँग तुलना गर्न नसकिने बताएको छ।
गृहमन्त्री जेराल्ड डार्मानिनले आगो नियन्त्रणमा राख्नका लागि भूमिका निर्वाह गर्ने कानून प्रवर्तन र दमकल टोलीको प्रशंसा गरे ।
डार्मानिनका अनुसार प्रहरीले ४४१ पक्राउ गरेको र सन् २०१९ मा भन्दा ३७६ जना माथि भएको बताए । ३८१ जनालाई हिरासतमा राखीएको छ भने जुन २०१९ मा भन्दा ३१४ जना बढेको छ।
स्ट्रासबर्गको उत्तरी शहरमा रद्दी टोकरी र सवारीसाधनमा आगो लगाएपछि ३१ जनालाई सोधपुछका लागि पक्राउ गरिएको सीएनएनले समाचार प्रकाशित गरेको छ ।
सोधपुछ गरिएका मध्ये छ जना नाबालिगहरू थिए जसले निषेधाज्ञा (कर्फ्यू )तोडेका थिए । र ,बाँकीलाई अन्यलाई आगजनीको लागि सोधपुछ गरिएको अधिकारीहरूले बताए । चार जना प्रहरी पनि घाइते भएको समाचार युपीआइले समाचार लेखेको छ ।
प्रतिक्रिया