मुलुकमा राजा ज्ञानेन्द्र शाह परिवारहरुको इच्छाले केही पनि कार्य हुँदैन दरबारीया सचिवहरूले जे चाहन्छन त्यही हुन्छ।राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिए पछि राजा ज्ञानेन्द्र शाहलाई असफल गराउनका लागि नै मन्त्री परिषदको अध्यक्ष बनाइएको थियोे।काँग्रेस, एमाले र माओवादी लगायतका राजनीतिक दलहरूको कारणले राजसंस्था गएको होईन।सचिवहरूको प्रजातन्त्रबादी र गणतन्त्रबादीहरु संगको दोहोरो तालमेल र साँठगाँठको भुमिकाले राजसंस्था गएको हो।दरबारीयाहरुले नै श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता बाट हटाउने खेल भयो भन्ने कुराहरू स्पष्ट छ।
राजा ज्ञानेन्द्र शाहका सचिवहरू सागर प्रसाद तिमिल्सिना,पशुपति भक्त महर्जन,फणिन्द्र पाठक र युवराज्ञी हिमानी शाहको सचिव स्मिता सिंहले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई गुमराह र अन्धकारमा पारी छल गरि धोका दिई रहेका छन।
कहिले बेलायत मोडलको राजसंस्था र कहिले भुटान मोडलको राजसंस्थाको नाममा सचिवहरूले राजा ज्ञानेन्द्र शाह परिवारहरुलाई अल्मलाई रहेका छन र राजावादी दलका नेताहरू समेतलाई अल्मलाउने कार्यहरू गरिरहेका छन ।
राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव,बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको जन्मोत्सव,युवराजधिराज पारस शाहको जन्मोत्सव,युवराज्ञी हिमानी शाहको जन्मोत्सव,दशैंको टीकामा र राजपरिवारहरुका सदस्यहरुलाई भेट गर्ने क्रमहरुमा प्रायःजसो आम नागरिकहरुको गुनासो सचिवहरु प्रति नै रहेको देखिएको छ।राजा ज्ञानेन्द्र शाह परिवारहरुले अवसरवादी सचिवहरूलाई निष्कासन गर्न सक्दैनन किन ? सचिवहरू बाट आम नागरिकहरुले चढाएको बिन्तिपत्रहरु राजपरिवारका सदस्यहरु सम्म पुग्न पाउँदैन किन ? सचिवहरूले आम नागरिकहरुले इमेल मार्फत पठाएको बिन्तिपत्र राजा ज्ञानेन्द्र शाह,युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाह समक्ष पुग्न नदिनुको कारण रहस्य के ? यसकारण सचिवहरूको घेराबन्दीमा राजा ज्ञानेन्द्र शाह परिवारहरु छन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया