भगवान

मित्र उराठी गाैतम ,अमरपुर- गुल्मी हालःबुटवल २०७८ मंसिर २७ गते १२:२१ मा प्रकाशित

त्याे पहाडी उकालो चढेर
घरि घर
मेरी आमा
पुग्छिन् डाँडाेकाे मन्दिरमा

दर्शन गरेर भगवानकाे
शान्त हुन्छिन्
प्रशन्न हुन्छिन्

उनको मुहारमा
आभा प्रदिप्त हुन्छ।

यसपाला
म पनि पछि लागेँ
आमा सँगै भगवान भेट्न ।
पुगेर मन्दिरमा
विभिन्न काेणबाट
फाेटाे खिचेँ
भिडियो खिचेँ
अझ टिकटकै बनाएँ
वल्टाइ पल्टाइ गरेँ
मूर्ति वरिपरि
तर
पटक्कै भेटिन भगवान ।
खै, मेरी आमा कसरी भेट्छिन्
उनको आस्थाको भगवान ?
जाे मैले भेट्नै सकिन,
जाे मैले देख्नै सकिन ।

–मित्र उराठी गाैतम
               अमरपुर- गुल्मी हालःबुटवल

प्रतिक्रिया