सर्वप्रथम नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण प्रजातन्त्र प्रेमी मान्यवर हजुरहरुमा हार्दिक नमन्।
जय नेपालको नाराले
सुख पॉंउन साराले
अवसर पाउन नयॉंले
हाम्रो एकै स्वरले
नयॉं छानौं सबैले!!
नेपाली कांग्रेसले फरक फरक धारणा भएका भिन्न भिन्न शक्ति संतुलनका लागि आसन्न १४ औं महाअधिवेशन बाटै सक्षम कार्यकारी नेतृत्व चयन गर्नु पर्ने चुनौती र आवस्यकता छ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय, प्रदेश, जिल्ला, पालिका, एवं वडा स्तरका कार्यसमितिहरुका बिभिन्न तह र तप्काका नयॉं पुस्ताका दावेदार उमेदवारहरुको विकल्प, फरक मत नराखी सोंच्दा आजका दिनमा हामी सित नयॉं पुस्ता बाहेक पुरानो पुस्ता हुनै सक्दैनन् भन्दा अत्युक्ति हुँदै हुँदैन।
प्रजातांत्रिक नेपालको सुन्दर तथा ताजा स्वर्णिम इतिहासमा, राष्ट्रीयता, प्रजातन्त्र, समाजवाद र लोकतंत्र का जन नायक आदर्श पुरुष आदरणीय स्वर्गीय बिश्वेस्वर प्रसाद कोईराला एवं प्रजातान्त्रिक आन्दोलनका साहासी अन्य ऐतिहासिक स्वर्णिम स्वर्गीय नेताहरु, शुवर्ण समसेर राणा, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, महेन्द्र नारायण निधि, गिरीजा प्रसाद कोईराला, शुशिल कोईराला एवं भीम बहादुर तामांग आदि आदि जस्ता युग पुरुषहरुको निश्चल भावनाबाट स्थापित नेपाली कांग्रेस पार्टी आंफैमा सुन्दर र उत्कृष्ट योगदान भएको प्रजातांत्रिक जेठो पार्टी हो।
आदर्श ब्यक्तित्वहरु बाट निर्माण भएको नेपाली जनताको पुरानो प्रजातांत्रिक धरोहर यस पार्टीलाई अहिले “युग पुरुषहरुको सोंच बिपरित” नेतृत्वदायी ब्यक्तित्वहरु पुराना र नयॉं दुबै बिभाजित भएर भताभुंग र लथालिंग दुवै पार्न लागिएको अवस्था ध्रुव सत्य हो।
यस सुन्दर ऐतिहासिक धरोहरलाई स्थापित सोंच बमोजिम संरक्षण गर्नु र सोहि निस्ठामा रही नि:स्वार्थताका आधारमा एकजुट भएर पार्टीको नियमित कार्य दिशामा निर्देशित भैं बिधिवत रुपमा सबैले चल्नु जरुरी हुन्छ।
नेपाली कांग्रेस पार्टीमा पुरानै पुस्ताका नेतृत्वलाई अगाडी बढाउने सँकल्प वर्तमान पुस्ताले कदापि स्वीकार गर्नु हुन्न।हामीले देश बदल्ने हो र देश र जनताको मुहार फेर्ने हो भने पुरानो नेत्तृत्वबाट नयॉंमा परिवर्तन गरी पार्टीलाई बलियो बनाउने अभियानमा लाग्नु नितान्त जरुरी र हाम्रो रोजाई पनि हो।
पछाडी परि ढलेर लथालिंग भएको काँग्रेसलाई अझै पनि उनै पुरानै साक्षीहरुलाई काँधमा राखेर पार लगाउने प्रयत्नमा छन केही काँग्रेसहरु। यस प्रजातांत्रिक पार्टीको सर्वश्रेष्ठ हितका लागि सुनौलो भविष्यको दीयो नयॉं पुस्ताले झल्काउनु आजको आवस्यक्ता हो।
यस अर्थमा पुरानाहरु पुरै काम नलाग्न्ने भनिएको चैं होईन।इतिहासका बिभिन्न कालखण्डलाई सिंहावलोकन गर्दै समझदारीपुर्ण साथै सम्मानजनक भुमिकामा नेपाली काँग्रेसमा नयॉं पुस्ताको जरुरी पक्कै पनि देश, जनता र पार्टीको लागि नयॉं नेतृत्व आवश्यकता, अनिवार्यता र अपरिहार्यता नै हो।
नेपाली कांग्रेस पार्टी आर्यघाटमा अन्तिम श्वास फेर्न लागेको भन्ने अडकललाई असफल पारी झुठा सावित गर्न, पार्टीको विचार, सँगठन र सँस्कृतिलाई भीषण सँघर्षका साथ नयॉं जीवन दिएर नेपाली कांग्रेसलाई मुल राजनीतिको मैदानमा उतारी राख्ने बिकल्प सोच्ने बेला अहिले नै हो।
देश, जनता र पार्टीको लागि यति सम्म बुझ्न नसक्नेहरुले नेतृत्वमा दावी गर्न त पाइन्छ तर त्यो कुनै न्यायसंगत र औचित्यपूर्ण भने हुँदैन। तर पनि सम्पूर्ण असफलताहरुको भागेदार भने हामी सबै नै हो।
देश, जनता र पार्टीको लागि यति सम्म बुझ्न नसक्नेहरुले नेतृत्वमा दावी गर्न त पाइन्छ तर त्यो कुनै न्यायसंगत र औचित्यपूर्ण भने हुँदैन।
जब सम्म ज़िम्मेवारीमा पुरानाहरुलाई मात्रै भारी उचाल्न दिन्छौं, यो हेक्का रहोस् पार्टी सुध्रनेवाला छैन, हुन्न र रहदैन पनि। नेपाली कांग्रेसमा नयॉं पुस्ताको नेतृत्वमा सवै पुस्ताले सम्मानजनक र उचित जिम्मेवारी लिएर “बलियो पार्टी निर्माणमा” लाग्नु अहिलेको समयको मांग हो । पार्टी भित्र नयॉं पुस्ताले कार्यकारिणी स्थानमा प्रमुख र मुख्य मुख्य ज़िम्मेवारीहरु लिएर पार्टी देश र जनताका बिचार र शैलिमा काम गर्नु उत्तम विकल्प हुन्छ।
पार्टी मा पहिलो पुस्ताको आवस्यकता भनेको आजका लागि सम्मानजनक, सहभागितापूर्ण, सहि सल्लाह, बिचारमुलक दर्शन र सहि दिशा निर्धारण मात्र हो । पार्टी भित्र नयाँ पुस्ता र नयाँ नेतृत्वका पनि केही निश्चित मापदण्ड, चरित्र तथा योगदानहरु अबस्य हुन्छन्। महत्वपुर्ण भूमिकाहरु मार्फत माथी उठेर नयॉं पुस्ता अगाडी आउदा अति पुरानाहरुले स्वीकार गर्नु जरुरी छ।
यसो भनिरहदा यथास्थितिको पक्षपोषक मानिएला तर परिवर्तनमा परिवर्तित नयॉं उर्जाहरुको जोडबल आजको माँग र आवस्यकता हो। नेपाली कांग्रेस भित्र नेत्तृत्व परिवर्तन समयको संकल्पित अबधारणा पनि हो।
त्यसैले यस प्रजातांत्रिक संस्थामा नयाँ पुस्ताहरुको भूमिका दोश्रो तहमा होईन प्रथम र मुख्य भुमिकामा रहेर आफनो क्षमता प्रदर्शन गर्ने अवसर दिनु पर्छ, त्यो समय भनेकै आसन्न महाधिवेशन हो।
कोरोना महामारीको यस बिकराल समयमा शक्ति प्रदर्शन नगरी सरल र सहज हुन प्रयत्न गरी समझदारी सहित समझदार बनौं।देश तथा विदेश जहाँ पनि सवै क्रियाकलापहरु ठप्प भएको सवैलाई अवगत नै छ। यस्तो अवस्थामा आरोप प्रत्यारोप गरेर एकअर्कामा दोषारोपण गरी मिथ्या रुपमा महत्वपुर्ण समय र पैसा खर्च गरी बुद्दि बर्बाद नगर्न सुझाव सहित अनुरोध गर्दछु ।
प्रजातांत्रिक बिचारमा बिस्वास राख्ने एक गैर आवासीय, निष्पक्ष एवं स्वतंत्र ब्यक्तिको हैसियत बाट समझदारी ढंग बाट सहज, सरल र बुद्धिमान भएर अहिले भैं रहेको कार्यकारी (पुरानो) नेत्तृत्वले मुख्यतया नयॉं पुस्तामा निश्चित निंष्ठा, बिचार, नीति, बिधि, प्रजातांत्रिक उदेश्य र ययको प्रयोगमा मर्मस्पर्सी भैं सेवाभावमा प्रेरित ब्यक्तित्वहरुमा कार्यकारी ज़िम्मेवारी हस्तान्तरण गर्नका लागि आग्रह सहित मेरो बिचार संप्रेषण गर्दछु ।
कोरोना महामारीको यस बिकराल समयमा शक्ति प्रदर्शन नगरी सरल र सहज हुन प्रयत्न गरी समझदारी सहित समझदार बनौं।
राजनीतिको कुशल सिद्धांत बाहिर गई पार्टी सत्ता/शक्ति, मोलाहिजा, अबिस्वास तथा आरोप सहितको गलत मनसाय राखेर टालटुले सहमति र समझदारी गरी पार्टी पुरानै रुपमा न रहोस्।
नेपालमा प्रजातांत्रिक आन्दोलनका सेनानी जननायक स्वर्गीय बि.पी. कोईराला को उदार प्रजातांत्रिक भावनामा सहमती सहित इतिहासले लगातार एउटै नेतृत्वले वर्तमानको भार बोक्दैन भन्ने सोंचलाई निष्पक्ष प्राथमिकतामा राखि निसन्देह रुपमा मन नखुम्च्याई मनलाई तन्काएर ठूलो छाती पारी नेपाली कांग्रेसले देश र जनताको लागि सुद्दृढिकरण एवं सुद्दिकरण सहित इतिहासलाई प्रतिनिधित्व गर्दै भविष्य बोकेको आधुनिकतावादमा आधारित प्रजातांत्रिक समाजवादी पार्टी बन्न सधैं निरन्तर भैं सफल हुनु पर्छ। यस उदार बिचारमा तलमाछि र जताभावी गर्ने छुट कसैलाई रहन सक्दैन।
अन्तमा आसन्न १४ औं महाधिवेशन बाट यो पार्टी मुलुक र जनताको लागि पारिवारिक, ब्यक्तिवादी, हुकुमवादी र निर्मम नबनि पूर्णतः लोकतांत्रिक, प्रजातांत्रिक, समाजवादी, जनउत्तरदाई, साझा, हाम्रो, राम्रो् , भब्य, सभ्य र जिम्मेदार पार्टी बनोस् भनि पुर्ण बिस्वास सहित शुभेच्छा दिन चाहान्छु।
यस प्रजातांत्रिक पार्टीको उत्तरोत्तर प्रगतिको कामना एवं शुभकामना सहित मौका, अवसर र चिन्ता महसूस नगरी पुर्ण जिम्मेवारी सहित नयॉं पुस्तामा पुस्तान्तरणको हिस्सा (नेत्रित्व) हस्तान्तरित हुनेछ भन्ने बिस्वास समेत गर्दछु।
अन्य अर्थ नलगाई बिसाल तथा खुल्ला हृदय बनाएर ब्यक्तिगत स्वार्थहरुलाई त्यागेर प्रजातांत्रिक मुल्य र मान्यता माथि बिद्रोह, खुरापाती र त्रिगडमवाजी नगरी देश र जनता प्रती बफादार बनौं।
प्रजातांत्रिक मुल्य र मान्यता माथि बिद्रोह, खुरापाती र त्रिगडमवाजी नगरी देश र जनता प्रती बफादार बनौं।
उदाहरणका लागि आसन्न १४ औं महाधिवेसनमा हुन गई रहेको निर्वाचनमा पार्टी केन्द्रीय उपसभापति पदका दावेदार उमेदवार, ईमानदार, बिचार, नीति र पद्दतिका मार्गदर्शक, कर्मठ, निष्ठवान राजनैतिक बौद्धिक ब्यक्तित्व पूर्व मन्त्रि महेश आचार्य जस्ता बहुआयामीक ब्यक्तित्वहरुलाई मतदान गरी अत्यधिक मत दिएर बिजयी गराउन बिनम्रता पुर्वक आग्रह समेत गर्दछु।
१४ औं महाधिवेशन सभ्य र भव्यताका साथ पूर्णरूपेण फलदाई बनोस्, शुभकामना।
“कोरोना महामारीको” बिकराल परिस्थिति बाट हजुरहरु सबै सुरक्षित रहनु होला।
• माथि उल्लेखित अवधारणाहरु नितान्तरुपमा बर्तमान प्रजातांत्रिक समाजका लागि मेरा “पारदर्शी तथा नीजि बिचारहरु” हुन भनि अनुरोध गर्दछु।
धन्यवाद, जय नेपाल।
डिसेम्वर ७, २०२१
* लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकाको सबै भन्दा ठुलो तथा पुरानो राष्ट्रीय संस्था ए.एन.ए.का निबर्तमान अध्यक्ष एवं वर्तमान संरक्षक हुनु हुन्छ।
खगेन्द्र अधिकारी
वासिंगटन, डि.सी.
संयुक्त राज्य अमेरिका
प्रतिक्रिया