विराटनगर,९ कात्तिक(रासस):फुजिमा आयल कम्पनि प्रालिले आफ्नो उत्पादनले कुनै पनि हानी नोक्सानी भएमा बीमा वापत उपभोक्तालाई नोक्सानी व्यहोर्ने योजना ल्याएको छ।
कम्पनिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनिका निर्देशक सुबोध कोइरालाले २०५२ साल देखि यो कम्पनिले आफ्ना गुणस्तरीय उत्पादन बजारमा ल्याएको छ र यसको उपभोगकर्ता माझ अझ दरिलो रुपमा उभिन र यसको प्रयोग बढाउन बीमा योजना ल्याएको बताउनुभयो।
स्वदेशी उत्पादनले मुलुकको अर्थतन्त्रमा पनि निकै टेवा दिने भएकोले यसका कुल २१० उत्पादन छ भने यसले नेपाली बजारमा ३५ प्रतिशत हिस्सा बोकेको छ।
वार्षिक करिब रु.२० अर्बको कारोबार भइरहेको लुब्रीकेन्टसमा नेपाली उत्पादनले ३५ प्रतिशत मात्र उपभोक्ता माझ पुग्न सफल भएको छ भने यसको बजार बढाउन नै कम्पनिले बीमाको योजना ल्याएको बताइएको छ।
तीन दशक देखि नेपाली बजारमा नेपाली उत्पादनलाई आम उपभोक्ता समक्ष पुर्याएर आम उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुब्रीकेन्टस,म्याजिक प्लस लुब्रीकेन्टस र रोयल लुब्रीकेन्टसको उत्पादक फुजिमा आयल कम्पनिले नेपालमै पहिलो पटक ऐतिहासिक रुपमा उत्पादनको प्रयोग पछिको ग्यारेन्टी बीमा गरेको निर्देशक कोइरालाले बताउनुभयो।
उहाँले कम्पनिले अहिले हिमालय बीमा कम्पनिसँग सम्झौता भइसकेको अवस्थामा कुनै पनि उपभोक्ताले यसबाट लाभलिन सकिने जनाइएको छ।
प्रतिक्रिया