कलैया, ३ साउन । करेन्ट लागेर बारा महागढीमाई नगरपालिका–८ मा आज एक युवकको मृत्यु भएको छ ।
वीरयापुर बस्ने २४ वर्षीय असलम मीया नेटुवाको दिउँसो अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
सोही स्थान बस्ने रामबाबु साहको निर्माण गरिएको घरमा प्लास्टर गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो ।
प्रतिक्रिया