राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाए सकेपछि ६०१ सभासद, ८८४ सांसद,नेताहरू र दुई तिहाई बहुमतको सरकार मुलुकलाई निकास दिन निरन्तर असफल भएकोले असक्षम प्रमाणित भएका छन।अब पनि जनताहरुलाई ६०१ सभासद,८८४ सांसद,दुई तिहाई बहुमतको सरकार र नेताहरूको समर्थनमा केही कुराहरू भन्न बाँकी छ ?
राजा ज्ञानेन्द्र शाहले सत्ता छोडेपछि मुलुकमा लथालिङ्ग र बेथिति अवस्था छ।नेपालमा दलीय व्यवस्था र संसदीय व्यवस्था सदाका लागि असफल।सरकार पक्ष, प्रतिपक्ष र नेताहरू मुलुकलाई निकास दिन निरन्तर असक्षम भएका छन।
दुई तिहाई बहुमतको सरकारले मुलुकलाई निकास दिन सकेन।दुई तिहाई बहुमतको सरकारले मुलुकलाई निकास दिन नसकेकोले र सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन निरन्तर असक्षम भएकोले हाम्रो मुलुक नेपालमा दलीय व्यवस्था र संसदीय व्यवस्था बारम्बार असफल प्रमाणित भइरहेको छ।
यसकारण मुलुकमा अब दलीय व्यवस्था र संसदीय व्यवस्था सदाका लागि ढल्ने समय नजिकिँदै छ।नेपाली जनताहरु सत्ताका पुजारी, दहीचिउरे,ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छन।तुलना गर्दा को ठिक र को बेठीक मुल्यांकन गर्न नसक्ने नेपाली जनताहरु छन।मासु भात,रक्सी र भत्तामा बिकाउ छन।मुलुकको धर्म,संस्कार,संस्कृति अस्मिता बेचेका छन।अब बेच्न पाए भने आफ्नो आमा,छोरी,चेलीबेटी,श्रीमती र दिदिबहिनीहरु लाई समेतलाई बेच्न पछि पर्दैनन।
के वास्तविक रूपमा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले पाउनुपर्ने निकास पाएको छ ? मुलुकलाई आजको अवस्था सम्म ल्याउन जिम्मेवार र दोषीहरु नै नेपाली नागरिकहरु हुन।नेपाली नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी र अवसरवादी छन।विक्रम सम्वत २०६२/०६३ साल बाट आजसम्म समीक्षा गर्दा मुलुकमा नेताहरू नै निरंकुश हो भन्ने कुरा प्रमाणित भएको अवस्था छ।नेताहरूको तुलनामा राजा ज्ञानेन्द्र शाह त्यागी हुन राजगद्दी त्याग गरे।
नेपाली सेनाहरु जति प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्रवादी र भित्र भित्रै गोप्य रूपमा सेनाहरु राजनीतिक दलहरु प्रति आस्था भएपनि सेनाहरु नेताहरूको लागी मरिहत्ते र मरिमेटे पनि राजनीतिक दलहरुका नेताहरूको सोच शाही सेनाहरु अर्थात राजाको नै सेनाहरु हो भन्ने रहेको पाइएको छ।
प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रवादी हुनु नराम्रो होइन तर हाम्रो मुलुकका नेताहरूबाट नै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरियो।दलीय व्यवस्था र संसदीय व्यवस्था उत्कृष्ट व्यवस्था हो हाम्रो मुलुकमा दलीय व्यवस्थालाई खाने पेशा बनाई बार्गेनिङ गर्ने व्यापार गर्ने थलो बनाइएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था र संसदीय व्यवस्था सदाका लागी अफाब सिद्ध भएको छ।
मुलुकमा राजनीतिक दलहरूका नेताहरूको सत्ता लिप्साको स्वार्थ,मोह र आर्थिक लेनदेन लगायत भागबन्डा आदि इत्यादि कुराकानी नमिल्दा मुलुकमा अराजकता र अस्थिरता आएको हो ०६२/०६३ सालपछि दलीय नेताहरूको असमझदारीका कारण मुलुकले आजसम्म पनि निकास पाउन नसकेकोले हाम्रो मुलुकमा दलीय व्यवस्था र संसदीय व्यवस्था सदाका लागि अफाब सिद्ध भएको छ।
राजा ज्ञानेन्द्र शाह त्यागी हुन।आजसम्म राजगद्दी त्याग गरी बसे।जो कोही सत्ता त्याग गरी बस्न सक्छ्न ? राजनीतिक दलहरूका नेताहरूलाई राजा ज्ञानेन्द्र शाहले मुलुकलाई निकास देउ भनेर राजगद्दी त्याग गरेका हुन।राजा ज्ञानेन्द्र शाहले नेताहरुमा इमानदारिता,नैतिकता र सुधार आउला भनेर नेताहरुलाई नासो जिम्मा लगाए।विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूमा आज सुधार आउला भोलि सुधार आउला भन्नु छैन।पटकपटक संसद विघटन,संसद अवरोध लगायत संधैभरी मनपरि र नाटक मंचन गरिरहेका छन।दलीय व्यवस्थाका सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन बारम्बार र निरन्तर असफल हुँदै आएकोले हाम्रो मुलुक नेपालमा दलीय व्यवस्था र संसदीय व्यवस्था अफाब सिद्ध भएको छ।
प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा मनपरि,लुटन नपाउने र राज्यकोष ढुकुटी दुरुपयोग गर्न नपाउनेहरुले मात्र राजसंस्था, राजा ज्ञानेन्द्र शाह र सेनाहरुको विरोध गर्छन।
पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरू मुलुकको हित,जनहित,सर्वहारा वर्गको नेतृत्व, प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रका लागि भुमिगत भएका होइनन।मुलुकमा आतंक सिर्जना गरी लुटन,आय आर्जन र राज्यकोष ढुकुटी दोहन गर्न नपाएर सत्तामा जानका लागि मात्र भुमिगत भएका हुन।मनपरि गरि सत्तामा गएर लुटनका लागि पचासौं हजार जनताको हत्या र राष्ट्रिय संरचनाहरु समेत ध्वस्त पारे।नेपाली सेनाहरु माथि आक्रमण गरे।लडाकुहरुको पैसा समेत खाइदिए।क्रान्तिको नाममा उदेश्य सत्ताको स्वार्थ,सत्ता प्राप्ति,राज्यकोष ढुकुटी दुरुपयोग,देश बिदेश भ्रमण र बिलासीता जीवन बिताउने मात्र भयो।
नेता मरिचमान सिंहलाई मेरो तर्फबाट श्रद्धाञ्जली अर्पण छ।मुलुकमा मरिचमान सिंह जस्तो नेताहरूको उदय हुनुपर्छ।काँग्रेस,एमाले र माओवादी लगायतका राजनीतिक दलहरूका नेताहरू कसैमा पनि इमानदारिता देखिएनन।हाम्रो मुलुकका राजनीतिक दलहरूका नेताहरू विश्वासघाती र राष्ट्रघाती छन।
नेपाली नागरिकहरु वास्तविकमा चेतनशील हुन भने अन्तर आत्मालाई साक्षी राखी वास्तविक रूपमा साँच्चिकै भन्नुपर्दा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले निकास पायो सोच विचार र मनन गरौं ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर, हेेेटौंडा वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७।
प्रतिक्रिया