चीसो वतासले हल्का चहलका साथ कपाल सुमसुम्याए,
चराहरूले चीरबीर चीरबीर गर्दै गीत गाए,
बगैचाका फूलहरू रंगी विरड्गी पोशाकमा सजिएका आफन्त झैं भए,
दनदनाएर हल्ली रहे,
मनमा थुप्रै रहर उम्रिए,
थरी थरीका मान्छेहरू
आ-आफ्नै धूनमा कता कता हिडेका होलान् भन्ने लाग्यो,
आऊ बस टिका थाप भन्न मन लागेर आयो,
बडा नहुनेहरूले-
वुच्चो निधारमा उत्साहको अवीर लगाए,
त्यो पुरानो बानेश्वरको बेखामान कानमा जमरा घुसारेर,
फ्वाँ फ्वाँ धूवाँ उडाउंदै हिंडेको बस चढन
आए होलान्,
ठेलमठेलमा रातो सारीमा चेलीहरू माइत जान बस चढे होलान्
सपनाको दोभानमा उभेर म पनि यहाँ यस्तै यस्तै गमी रहें,
वतास आए,चरी आए,फूलहरू झुलेर एक अर्कालाइ अंगालो हाले,
उमेरको ढलान परेकाहरू
थला परेको गोरूझै थचक्क बसेर सुस्केरा हाली रहे,
कल्पनामा चित्रहरू आउंदै गए,
विलाउंदै गए,
मासु भात पकाए केटाकेटीले
बोलाए,खुवाए,
विहानको यौवन विस्तारै ढलेर साँझ भयो, अनि रात पऱ्यो,
पक्कै भोली पनि आंड्ग तन्क्याएर
उज्यालो विहानी आऊंछ,
फेरि यौवन ढल्केर –
रात पर्छ,
उत्साह फेरि पलाउंछ,
हामी सवैलाइ समयले घडीमा झुण्डाएर निश्चित गन्तव्यमा पुराउंने छ,
आघुं फेरि दशैं आउंने छ,
मडोना,फाइजरको कवज भिरेर,
पातालमा दशैं
आज मनाइयो,
आंघु पनि वुस्टर डोज धसेर
उत्साह,र उमंगका साथ
यो पातालमा,
दशैं मनाइने छ !!
१०/१५/२१
राजमित्र प्रांगण,
माल्डेन,बोस्टन,
अमेरीका
महावीर पुनको साथमा तस्वीर खिंचाउंदा गर्व लाग्यो !
लेखक /साहित्यकार
प्रतिक्रिया