के पहाड के मधेस

विनोद शाह २०७८ असोज १५ गते २३:२५ मा प्रकाशित

के पहाड़ी के मधेसी
सबैको उस्तै ताल छ ।
सत्ता बाहिर जती उफ़्रे पनि
सत्ता भित्र एउटै चाल छ।

अधिकारको लागि लड़ने भन्दै
सड़कमा सधै भीड़-भाड़ छ ।
रगतको खोलो बगाएर पनि
त्यहिँ सत्ताकै मोहजाल छ।

पार्टी फुटाए, मंत्रालय फुटाए
देसको सबै ढुकुटी रित्याय ।
राजदूत र सचिवको भेंटघाटमा
देस र जनताको सार्वभम गुमाए।

छोरी-ज्वाई छोरा-बुहारी
सबैलाई राजनीतिक आशीर्वाद छ ।
तर दुर्भाग्य जनताका सन्तानहरु
खांडीमा जिउंदो लास छन् ।

विकासको कुरो कहि छैन
ठेक्का-पट्टामा कमीशन-खोरी छ ।
राजनीति मै सबै रमाउन थाले
देसको अवस्था बेहाल छ।

त्यसैले,
के पहाड के मधेस
सबै तिर उस्तै हाल छ ।
युवा पलायन हुँदै विदेशमा
हरेक गाउँ सुनसान छ ।

विनोद शाह
न्युयोर्क
सेप्टेम्बर २९, २०२१

प्रतिक्रिया