निजामती दिवस–बृक्षारोपण एवं रक्त्तदान

इनेप्लिज २०७८ भदौ २२ गते २२:०० मा प्रकाशित


विराटनगर,२२ भदौ।प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले राष्ट्रसेवक कर्मचारीले दिवसमा मात्र होइन अन्य समयमा पनि रचनात्मक कार्य गरेमा मुलुकको लागि उपलव्धिमुलक हुने बताउनु भएको छ।

उहाँले १८ औं निजामती दिवसको उपलक्ष्यमा राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियानको आज सशस्त्र प्रहरी बल,नेपाल नं ३ गण हेड क्वाटर कंकलानी ,मोरङको वुढीगंगामा शुभारम्भ गर्दै वृक्षरोपणबाट भविष्यमा फुल तथा फलफुल उत्पादनबाट वातावरण स्वच्छता कायम हुनका साथै आत्मनिर्भर हुन सहयोग पुग्ने धारणा राख्नु भयो।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार रेग्मी, सङ्घीय तथा प्रदेश सरकारका निजामती कार्यालयका प्रमुख सशस्त्र प्रहरी बल कंकलानीका प्रमुख एवं कर्मचारीहरुले विभिन्न जातका विरुवा रोप्नु भएको थियो।

यसैगरी दिवसको उपलक्ष्यमा कर्मचारी मिलन केन्द्र मोरङद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गर्नु भएको थियो।

 

प्रतिक्रिया