विराटनगर,२१ भदौ।नेकपा (माओवादी) केन्द्र प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन आज यहाँ तोकेको छ।
प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले पाँचथर सह इन्चार्जमा हर्कबहादुर नेम्वाङलाई र संयोजकमा होमबहादुर जबेगुलाई जिम्मेवारी दिएको छ भने ताप्लेजुङ्गको संयोजकमा बिजयप्रकाश बनेम रहनु भएको छ।
यस्तै इलाममा सह संयोजकमा हर्कबहादुर लावती र टीका घिमिरे रहनु भएको छ भने जिल्ला संयोजकमा सोममाया राई भएकी छिन्।
केन्द्रले झापा जिल्लाको सहइन्चार्जमा झलकसिं दर्लामी,संयोजकमा मनिकुमार राई रहनु भएको छ भने मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा सह इन्चाज, जिल्ला संयोजकमा गणेश उप्रेती,सुनसरीको सह इन्चार्जमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी र संयोजकमा योगेन्द्रप्रसाद मण्डल हुनु भएको छ।
यस्तै धनकुटा सहइन्चार्जमा धनमाया बिक र संयोजकमा ऋषिराम ढुंगाना,संखुवासभामा सह इन्चार्जमा रिपुप्रसाद राई,इन्दिरा मिश्र र थानप्रसाद अधिकारी रहनु भएको छ भने संयोजकमा कृष्ण जीमी याक्खा हुनु भएको माओवादी प्रदेश समितिले जानकारी दिएको छ।
यसैगरी भोजपुर जिल्लाको सह इन्चार्ज र संयोजकमा क्रमशः दिलकुमार राई र नगेन्द्र भुजेल हुनु भएको छ भने खोटाङमा सहइन्चार्जमा धुब बुढाथोकी र संयोजकमा देवन चाम्लिङ्ग राईलाई तोकिएको छ। ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहनु भएका मोहनकुमार खड्का संयोजक हुनु भएको छ भने उदपयपुरमा सह इन्चार्जमा भीमबहादुर अधिकारी,मोहनबहादुर खत्री र राजन किराँती हुनु भएको छ भने संयोजकमा विनोद कटुवाललाई जिम्मेवारी तोकिएको छ। केन्द्रले विराटनगर महानगरपालिको सहइन्चार्जमा हेमबहादुर कार्कीलाई तोकेको छ भने छ भने संयोजकमा भोगेन्द्र यादव र सचिवमा नमिता न्यौपाने रहनु भएको छ।
प्रतिक्रिया