विराटनगरको भव्य राधाकृष्ण रथयात्रा यसपटक पनि खट्यात्रामा

इनेप्लिज २०७८ भदौ १४ गते १०:१४ मा प्रकाशित


विराटनगर,१४ भदौ।श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यस पटक पनि खट्यात्रामा राखी नगरपरिक्रमा गरिने भएको छ।

श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस बर्षपनि कोरोना महामारीबाट नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि ९० औं संंस्करणको भगवान राधाकृष्णलाई खट्यात्रामा भदौ १५ गते मङगलवार गाडीमा राखि नगरपरिक्रमा गरिने जानकारी दिनु भयो।

यस वर्षको खट्यात्रा राधाकृष्ण मन्दिर पानीट्रयाङकीबाट शुरु भै गोल्छा चोक ,जलजला चौक,ट्राफिक चौक,रोडशेष चौक,महेन्द्र चौक,भृकुटी चौक, वरगाछी,कञ्चनवारी,राजवंशी चोक,पुष्पलाल चौकको परिक्रमा पछि पुनःमन्दिरमा पुग्ने बताइएको छ।

समितिको अध्यक्ष झोझाले खट्यात्रा विशेष पूजापाठ गरि विराटनगर–१ स्थित पानीटयाङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने भएको छ।

खटयात्रा वीचमा कतै नरोकिने भएकोले भक्तजनले पूजापाठको सामग्री नलिई टाढैबाट दर्शन गर्न समेत समितिले आग्रह गरेको छ।खटयात्रामा नेपाल प्रहरीको वैण्ड समेत रहने छ।

विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)यात्राको रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो।प्रदेश सरकारले भोलि मङ्गलबार मोरङ,सुनसरी र झापामा सार्वजनिक विदाको निर्णय गरेको छ ।

 

प्रतिक्रिया