धर्तीमा आउने कहिले हो कहिले,सुन्दर सपना हेर्छिन् तिनी
आकार पाउने कहिले हो कहिले,मायाले सुम्सुम्याउञ्छिन तिनी
खान मन नलागे नि,तिनको लागि भनि खाने प्रयास गर्छिन् तिनी
तिनको आगमनको प्रतिक्षामा, सधै औला गनछिन तिनी।
जिबन मृत्यु संग संघर्ष गर्दै,असिम पीडालाई स्वीकार्छिन तिनी
‘आमा’ को उपाधि पाएर हर्षित हुदै,आफ्नो निशानलाई चुम्छिन तिनी
आफ्नो दश धारा दुध पिलाएर,सन्तोषको सास लिन्छिन तिनी
तिनको निर्दोष अनुहार हेर्दै,खुशीका आशु झर्छिन तिनी।
तिनको स्याहार सुसार गर्दा गर्दै,दिन,महिना अनि
बर्ष बितेको पनि थाहा पाउदिनन तिनी
आफु को थिइन्,कस्ती थिईन,सबै कुरा बिर्सनछिन तिनी
तिनको बारेमा सोच्दा सोच्दै,आफैलाई भुल्छिन तिनी।
तिनका औला समात्दै, धर्तीमा पाइला टेक्न सिकाउछिन तिनी
क ख ग घ ए बि सी डी पढाउदै, पहिलो गुरु बन्छिन तिनी
हरपल तिनको ख्याल गर्दै, लड्न बाट जोगाउछिन तिनी
तिनको सुख दुखमा साथ दिदै,असल साथी पनि बन्छिन तिनी।
हर सफलताका पाइलाहरुमा,हौसला दिदै रमाउछिन तिनी
तिनको स्वास्थ्य प्रति चिन्त्तित हुदै,कहिले डाक्टर पनि बन्छिन तिनी।
कहिले तिनको घुर्कीमा रमाउदै, रिसलाई स्वीकार्दै,सरल रुपमा लिन्छिन तिनी
कहिले तिनका गल्तीहरुलाई स्वीकार्दैचोटलाई लुकाउदै,तिनलाई माफ गर्छिन् तिनी
यस्ती निस्वार्थ,माया कि खानी,धर्ती झैँ सहनशील,नारी को नै हुन सक्छिन् र !
तिनी त् हुन् आमा,
आमा त् आमा हो नि !
प्रतिक्रिया