एनआरएनए नाइजेरियाको नवनिर्वाचित कार्यसमितिबाट कल्याणकारी कोषको स्थापना

इनेप्लिज २०७८ साउन २४ गते २२:१० मा प्रकाशित

लेगोस , नाइजेरिया ।गैरआवासिय नेपाली सङ्घको आठौं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको आज सम्पन्न प्रथम बैठकले नेपाल र नाइजेरियामा परिपकारी कार्य गर्न एनआरएनए नाइजेरिया कल्याणकारी कोषको स्थापना गरिआर्थिक संकलन कार्यको बैठकबाट नै थालनी गरेको छ ।

बैठकले यो कार्यकालमा ” एक एनसीसी एक परियोजना “अन्तर्गत सातौं नेपाल प्रोजेक्ट समेत सम्पन्न गर्न एक समिति गठन गरेको छ । यस अघि संघले कैलाली , खोटाङ , मकवानपुर , सुनसरी , रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्रावास , पुस्तकालय, प्रयोगशाला र कक्षा भवनका लागि भवनहरू निर्माण गरिसकेको छ । संघले तत्काल मेलम्चीको बाढीले पीडित हरुका लागि मानविय राहत सहयोग पठाउने समेत निर्णय गरेको छ । त्यस्तै लेगोस स्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन सुचारु गर्ने निर्णय गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा सस्थापक अध्यक्ष एब संरक्षक हिक्मत थापा , सल्लाहकार हिमा खडका , आइसीसी सदस्य बिश्वास पौडेल , उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले आ-आफ्ना धारणाहरू राख्नु भएको थियो ।

 

प्रतिक्रिया