बिचरा आधुनिक नेपाली महिला,लाग्छ जन्मेकै गाली खान

शशी के.सी २०७८ साउन १५ गते २३:२० मा प्रकाशित

केही समय देखि अन लाईन पत्रपत्रिका र सोसलमिडिया हेर्दा लागिरहेछ नेपालीलाई अरूलाई गाली नगरी खाएकै पच्दैन।अझ आधुनिक नेपाली महिलामा गनिएका महिलाले केही सॅंधै गरिरहेको भन्दा अलिक नौलो जस्तो लाग्ने कुरा गरिन भनेत पुरै नेपाली समाज नै बिरोधमा खनिन्छ।उनीहरूको बिषय केही समयलाई यति चर्चामा आउॅंछ की केही नलेखौं भनेर चुपचाप बसेकाहरू पनि लेख्न बाध्य हुन्छन्।

पहिलो : केही समय अगाडी अन्नपूर्ण मन्दिरमा महिला पुजारी नियुक्ती भएको चर्चा खुबै चल्यो।सबै नेपाली खनिए।अब नखनिउन पनि कसरी,एक त नेपालमा पुजारी सबै पुरूष हुने चलन,कतै महिला भई हाले पनि धोतीचोलो पहिरन लगाउनेभएकाछन् उनको नियुक्ती किन गरियो कसैले बुझ्न चाहेनन्।सबै उनले लगाउने पहिरन,उनको आधुनिक जीवनशैलीकोपछि लागे।हुदा हुंदा उनी विदेश जादां “मैन म्युजियममा” बिभिन्न मोडेलसॅंग खिचेको फोटो,साथीहरूसॅंग रमाईलो गरेकोफोटो,उनको सोसलमिडियाबाट निकालेर बदनाम गर्नसम्म गरे।कतिले त बरू दलित पुजारी मान्छौं तर आधुनिक महिलापुजारी मान्दैनौंसम्म भने।

आखिरमा बुझ्दै जांदा उनले मन्दिरमा दिनरात पुजा गर्नु पर्ने पनि होईन रहेछ।उनको पुर्खाको पालादेखि उनीहरूको घरबाटमन्दिरमा पुजा सामग्री आदी लगेर
पुजाको शुरूआत गरिने रहेछ।अहिले उनको पालामा भाई वा छोरामान्छे विदेश बसाई सराई गरेको हुनाले तेही पुरानोचलनको निरन्तताको लागि अन्नपूर्ण मन्दिरको गुठी संस्थानले उनलाई पुजारी नियुक्त गरेको रहेछ।

दोस्रो :केही महिना अगाडी अर्को चर्चा गर्भवतीलाई “दही चिउरा” खुवाउनु ठिक की “बेबी सावर” मनाउनु ठिक भन्नेचल्यो। खासमा जे गरे पनि दुबैको मुख्य उद्देश्य भनेको मिठो मिठो परिकार आमा बन्न लागेकी महिलालाई खुवाउनु त हो।नामकै मात्र फरक त हो।

अहिलेका नॅंया आधुनिक पुस्ता विदेशमा पढे,हुर्केका ,रमाईलो गर्न रूचाउॅंछन्।केहीले विदेशमा मात्र हैन,नेपालमै पनि“बेबी सावर” भन्दै गर्भवती महिलासॅंग फोटो आदी खिचेर,केक काटेर मनाई रहेकाछन्।तेसको घोर बिरोध छ। नेपाली समाजमा गर्भावस्थामा पेटलाई जति सक्दो देखिएला भनेर छोप्ने गरिन्छ।सॅंगै फोटो खिचाउनु त परेको कुरा।अझ उल्टैएकथरी “बेबी सावर” भनेर गर्भवती महिलासॅंग फोटो खिचाउन चाहीं लाज मान्नु पर्ने भन्छन्।अनि भर्खर विवाह भएकादम्पत्तिलाई ढोग भेट गर्न जांदा आशिर्वाद चाहीं “अर्को साल संतान त्यो पनि छोरो नै लिएर आउनु “ भन्न चाहीं लाज नहुने? कस्तो ढोंगी छ त नेपाली समाज।

अर्को थरी फेरी विदेशमा गरिने बेबी सावरको चलन शहर र मध्यम बर्गले नेपालमा गर्दा गाउॅं घरका दिदी बहिनीले पनि तेस्तैनक्कल गरेर,सामान जुटाउन लाग्दा आर्थिक भार थपिन्छ पनि भन्छन्।तर लौ गाउॅंकाले नक्कल नै गर्ने हो भने शहरकालेजस्तै गर्भावस्थामा डाक्टरकोमा महिनै पिच्छे जचाउन जाने,पोषिलो खाना खाने, शारीरिक परिश्रम कम गर्ने,बोझ धेरैनउठाउने वा उठाउन नलगाउने, आराम गर्ने, गरे हुन्न त ?

यसो सोच्दा,अझ मलाई त नेपालमा “दही चिउरा खुवाउने” चलन राम्रो भएपनि यो चलन चाहीं गाउॅंघरमा गर्भावस्था साथैसुत्केरी भएपछि पनि कति महिलाले पोषिलो खानेकुरा खान नपाउने हुनाले केही माईतीले ल्याएको मिठो खाउन भनेरगरेको पो हो की जस्तो लाग्छ।अझै पनि सुदुरपश्चिमका केही ठाउॅंमा सुत्केरी महिलालाई २०-२२ दिनसम्म दुध, दही, मासुखान दिन हुन्न भन्ने चलन छ।खान दिंदैनन्।त्यस्तै गर्भावस्थामा पनि कता महिलाले खान पाउनु दुध,दही नेपालकोगाउॅंघरमा। पुरूष, केटाकेटी, बुढाबुढीलाई खानदिने हो दुध,दही त।

रहयो केक काट्ने कुरा।केक त अहिले नेपाली समाजमा जुनै अवसरमा काटिन्छ।फेरी केक खानै नहुनेत हैन,धेरै पो खानहुन्न।कुन नेपाली होलान र सधैं केक नै खाने ?

तेस्रो :जब साउनको महिना लाग्यो।अर्को चर्चा शुरू भो महिलाले रहरले लगाउने “हरियो चुरा र मेहेंदीको” यो चर्चाचलाउने चाहीं हिन्दु धर्म बचाई राख्नु पर्छ भनेर लागेका कट्टर बिचार राख्नेहरू रहेछन्।एकातिर यिनै कराउॅंछन् नेपालबाटहिन्दु धर्म,संस्कार मासिन लाग्यो।फेरी अर्कोतिर हरियो चुरा र मेहेंदी हाम्रो चलन हैन। यी बस्तुहरू आधुनिक महिलाले लगाउॅंदा आर्थिकभार थपिन्छ रे।ल अब हदै भए चुरा तेही ५०-६० रूपैंया र मेहेंदी लगाउन पनि तेस्तै पर्छ।सय रूपैयामहिलाले खर्च गर्दा पहाडै त खस्दैन होला।

मेहेंदी हाम्रो चलन हैन किन भनेको मैले बुझेको छैन। हामी शहरमा हुर्के पनि बच्चा बेलामा साउनमा हरियो मेहेंदीको पत्तापिसेर लगाउॅंथ्यौं। अनि विवाहमा दुलहीलाई मेहेंदी लगाईदिने उहिले देखिकै चलन होईन र नेपालमा पनि।

चौथो: यस्तै चर्चा सेलाउन नपाई “नेपाली नायिकाले गर्भावस्थामा नछोपिदिएको भुंडीको” चर्चा शुरू भयो टिका टिप्पणी हेर्दा लाग्छ तिनले ठुलै अपराधै गरे जस्तो। फोटो चाहीं पौडी पोखरी अगाडी,स्वीमिगं कस्टुम लगाएर साथीहरूसॅंग खिचेकोरहेछ।अब पौडी खेल्दा म्याक्सी त लगाउने कुरा भएन रहयो फोटो सार्वजनिक नगरेको भए हुन्थ्यो भन्ने,हुन त अहिलेटोकियोमा ओलम्पिक भई रहेको छ।त्यॅंहा पौडीमा भाग लिएका महिला खेलाडीका स्विमिगं कस्टुम लगाएका फोटोहरूपनि सार्वजनिकरूप मै जताततै देखिन्छ। खै तेसमा कसैले आपत्ति जनाए जस्तो त लाग्दैन।

खै हुन त नेपाली पहिरन भन्दै साडी चोलो लगाउॅंदा कहिले छाती छोप्नको धौ धौ, कहिले व्लाउज र साडी बिचको भुंडीकोभाग देखिएला भन्ने पिर वा देखिनुलाई सामान्य मानिन्छ। तर कामको सिलसिलामा लगाउॅंदा सजिलो हुने हुनाले पाईन्टलगाएर सबै छोपिएर हिंडेका आधुनिक नेपाली महिलाको बिरूद्धमा चाहीं गालीको बर्षा हुन्छ। यस्तै छ नेपाली समाज , केकुरा गर्नु ।

पाचौं: यस्ता अनेक कुरामा लान्छाना त सहि रहेकै हुन आधुनिक नेपाली महिलाले, सामान्यै जस्तो लाग्न थाल्छ केही समयपछि सबै गाली पनि।तर हुंदाहुंदा एउटा लेखमा त “ के भएका हुन अहिलेका आधुनिक महिला,आफ्ना बच्चाका पिता वाश्रीमानलाई बाबा,ड्याडी,पापा “ भन्ने पढें।अति त गर्न हुन्न नी,गाली के केमा मात्र खानु ? के अब श्रीमान को नाम काटेरसंम्बोधन गर्ने त? होला गर्लान आफै मन पराएर विवाह गरेकाहरूले।तर अरूले तेसो गर्दा त झन् ठूलो अपराध गरे जस्तोहोला फेरी ? अझै पनि नेपालमा कति बुढी आमाहरू श्रीमानको नाम लिंदा पाप लाग्छ भन्नु हुन्छ।

छैठौं : अब केही समयपछि तिज आउॅंदैछ। तिजका नॅंया गीतहरूले त बजार ढाकिसक्यो। केहीदिन महिलाले लगाउनेकपडा, गहना र अझ दर पार्टीको चर्चाले नेपाल तातिन्छ। कसैले दर तिजको अघिल्लो दिन मात्र खाने हो, त्यो पनिमाईतीमा गएर,घरको दुख माईतीलाई सुनाउॅंदै,सासु, नन्द र आमाजुले दिएका दुख रूँदै गीतको भाखा हालेर,गाएर,भन्लान्।

अहिलेको जमानामा न कसैलाई फुर्सद होस र घरको दुख माईतीलाई सुनाउॅंदै बस्नु।एक त दुखै भए पनि आफै घरमा नैमिलाउने हो।भन्दै हिंडने कामै छैन। माईतीलाई किन दुखी बनाईदिनु अनेक भए/ नभएको सुनाएर।फेरी आफु कता,घरकता अनि माईती कता।जॅंहा बसिएको छ त्यॅंहीका आफ्ना ईष्टमित्र,उनीहरूसॅंग सबैलाई मिल्ने समय मिलाएर, मिलेररमाईलो गर्दै दर खाने हो।

अन्त्यमा, हेर आधुनिक नेपाली महिलाहरू,परिवारमा तिमी बाबाआमाकी प्यारी छोरी,संतानको लागि साहसी,हिम्मतिलीआमा,श्रीमानको लागि सुखदुखको साथी र आफन्त ईष्टमित्र कसैको लागि तिमी सुख दुख बिसाउने चौतारी त कसैकोलागि “कोही नभएपनि उनी त छिन है” भन्ने आडभरोसाको प्रति।अरूले त जे गरे पनि टिकाटिप्पणी गर्ने नै हुन।तेसैलेसोच्नै छोडिदेउ झिनामसिना कुरा! खुशीसाथ रमाएर बाँच।

-शशी के.सी

 

 

 

शशी के.सी

लेखिका

प्रतिक्रिया