मुलुकमा वर्तमान प्रणालीलाई ध्वस्त नगरी कहिँ कतै कुनै निकायमा सुधार आउने छैन !

इनेप्लिज २०७८ साउन १४ गते १०:३८ मा प्रकाशित

मुलुकमा अब राजा ज्ञानेन्द्र शाहले पनि केही गर्न सक्दैनन र नेपाली सेनाहरुले पनि केही गर्न सक्दैनन।हाम्रो मुलुकको पुरै प्रणाली र पद्धतिमा नै दोष र खराबी छ ।वर्तमान समयमा मुलुकको प्रणाली र पद्धतिमा लागेको खियालाई जडबाट उखेलेर फ्याँक्नुपर्ने र ध्वस्त गरी नयाँ शिरा बाट थालनी गर्नुपर्ने हुन्छ।वर्तमान प्रणाली र पद्धतिलाई ध्वस्त नगरी कहिँ कतै कुनै निकायमा सुधार आउने छैन।

मुलुकको हरेक निकायमा विकृति, बेथिति र भ्रष्टाचार छ।कसैले रोकेर रोकथाम हुनेछैन।मुलुकको पुरै प्रणाली र पद्धतिमा नै खिया लागिसकेको छ।यसकारण वर्तमान समयको प्रणालीलाई ध्वस्त गर्नुपर्ने नै हुन्छ।हालको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाह र नेपाली सेना जुनसुकै शक्ति आए भने पनि कसैले पनि भ्रष्टाचार, विकृति, बेथिति,अराजकता र दण्डहीनतालाई नियन्त्रण गर्न सक्ने छैन।संभाल्न खोजेको खण्डमा निरंकुश, तानाशाह र मानव अधिकार हनन गरेको नामको बिल्ला भिर्नुपर्ने र सत्ताबाट बाहिरिनुपर्ने हुन्छ।

बालकृष्ण न्यौपाने,सुरेन्द्र के.सी,सुरेन्द्र भण्डारी,गोविन्द के.सी,ज्ञानेन्द्र शाही,भरत दाहाल र प्रेम सिंह बस्न्यात लगायतका अभियनता हरुले मुलुकमा भइ रहेकोे भ्रष्टाचार,विकृति,बेथिति,अराजकता र दण्डहीनताको विरोधमा जतिसुकै चिच्याए र कराए भने पनि केही हुने छैन।एक ठाउँमा खराबी भए पो संभव हुन्छ पुरै प्रणालीमा नै दोष र खराबी छ नियन्त्रण गर्न असंभव छ।मुलुकमा खिया लागिसकेको पुरानो प्रणालीलाई पुरै जडबाट उखेलेर फ्याँक्नुपर्ने र ध्वस्त गर्नुपर्ने हुन्छ।

मुलुकको पुरै प्रणालीमा लागिसकेको खियालाई जडबाट उखेलेर फ्याँक्नुपर्ने शक्तिको आवश्यकता छ।मुलुकमा एडोल्फ हिटलर,किम जोंग,सी जिनपिंग,जो बिडेन लगायत जस्ता शासकहरुको आवश्यकता देखापरेकोछ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया