काठमाडौं।प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल परामर्श गरेका छन्।छलफलका क्रममा सभापति देउवाले महाधिवेशनमा केन्द्रीत हुन समेत निर्देशन दिएका छन्।
शनिबार विहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन्।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि,विजयकुमार गच्छदार,महामन्त्री पूर्णबहादुर खड्का,सहमहामन्त्री प्रकाशशरण महत,नेता एनपी साउद लगायतको सहभागिता थियो ।
यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना,श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल राखेका हुन्।
प्रतिक्रिया