धनुषामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनीया वडा नम्बर-६ लक्ष्मीपुरस्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरको १२ वर्षीया नातिनी चादनी ठाकुर र उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साह तेली रहेका धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जानकारी दिए । उनले बेपत्ता रहेका २ बालिकाको खोजी कार्य भईरहेको बताए
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा रहेको रानाभाटले जनाए ।
प्रतिक्रिया