भोला थापा क्षेत्री तनहुँ तनहुँ।तनहुँको भानु नगरपालिका र बन्दिपुर गाउँपालिकालाई सांसद किसान श्रेष्ठले ५र५ थान अक्सिजन ग्यास सिलिण्डर सहित स्वास्थ्य सामाग्री वितरण गरेका छन।सांसद कृष्ण कुमार श्रेष्ठ ९ किसानले आफ्नो क्षेत्रमा रहेका अस्पतालहरु पुरन्डीही अस्पताल,बन्दिपुर अस्पतालका लागि स्वास्थ्य विभागबाट माग गरेर ल्याएको सो सामग्री हस्तान्तरण गरेका हुन।
आफ्नो कोभिड पोजेटिभको संक्रमणको अनुभव सुनाउदै उनले कोभिड पोजेटिभ भएकाहरुलाई आफ्नो आत्माबल उच्च राख्न सल्लाह दिएका थिए।जिपि कोइराला श्वासप्रश्वास केन्द्रमा ५ वटा भेन्टिलेटर सहित १० वेड आइसियुको पुर्वाधार निर्माणका लागि ६ करोड,अक्सिजन प्लान्ट निर्माणका लागि ३ कोरोड रुपैया बिनियोजन भएको बताए।
उनले दमौली अस्पतालका लागि ३० लाख,बन्दिपुर अस्पतालका लागि ३० लाख रुपैया बिनियोजन भएको समेत बताए।सांसद श्रेष्ठले आगामी दिनहरुमा आफ्नो क्षेत्रका कुनै पनि कोभिड विमारीहरु अक्सिजन ग्यासको अभावमा ज्यान गुमाउन नपरोस भनि सो को व्यवस्थापन सम्वन्धी कार्यहरु गरिरहेको बताए।
उक्त कार्यक्रममा पुरन्डिही अस्पतालका डा.सुरज श्रेष्ठ,भानु नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डे,भानु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईको उपस्थिती रहेको थियो भने बन्दिपुर अस्पतालमा भने डा.मनिस श्रेष्ठ,बन्दिपुर गाँउपालिकाका अध्यक्ष पुर्ण सिंह थापा,उपाध्यक्ष करुणा गुरुङ्ग लगायत अस्पताल कर्मचारीहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया