गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,अमेरिकाको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७८ वैशाख २३ गते १:४५ मा प्रकाशित


बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना (COVID-19) ले हामी सबैलाई सन्त्रासमा राखी रहेको अवस्थामा कोरोना (COVID-19) को खोपको आविस्कारले केहि खुशी मिलेको छ। यद्यपि, हाम्रो मातृ भूमि नेपाल अहिले कोरोना (COVID-19) को दोश्रो वेबको कारण संकटमा परेको छ र धेरै नेपाली दाजुभाई तथा दिदिबहिनिहरु संक्रमित हुनु भएको छ भने कत्तिले ज्यान समेत गुमाउनु परेको छ। कोरोना (COVID-19) को यो दोश्रो वेबले गैर आवासीय नेपाली संघ संग सम्बन्धित कार्यको शिलशिलामा नेपालमा रहनु भएका संघका अध्यक्ष श्री कुमार पन्त ज्यू पनि अछुतो रहन सक्नु भएन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका: कोविड संक्रमणका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु प्रति भावपुर्ण श्रद्धान्जलि अर्पण गर्दछ । साथै संघका अध्यक्ष श्री पन्त ज्यू लगायत संक्रमित सम्पूर्णको शिघ्रातिशिघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

यसका साथै कोरोना (COVID-19) को प्रकोपको यस घडीमा हामीले हाम्रो मातृभूमि नेपालका लागि राहत प्याकेज छिट्टै घोषणा गर्ने समेत प्रतिबद्दता समेत गर्दछौं ।

धन्यवाद !

पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद,अमेरिका

प्रतिक्रिया