काठमाडौ । ३८ महिना अघि एमाले संसद्धीय दलका नेता केपी ओली नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन नेकपा माओबादीले फिर्ता लिएको छ ।
माओबादीले समर्थन फिर्ता लिएपछि बर्तमान सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले आफुलाई बिश्वासको मत लिने उद्धेश्यले उहांकै सिफारिशमा राष्ट्रपति बिधा भण्डारीले यहि बैशाख २७ गते संसदको बिशेष अधिबेशन आह्वान गरिसक्नुभएको छ ।
बैशाख २७ गतेको बैठकमा बिश्वासको मत लिन प्रधानमन्त्री ओली जनता समाजबादी पार्टीसंग सहकार्य गर्न खोज्दै हुनुहुन्छ भने प्रतिपक्ष नेपाली काग्रेस , माओबादी सहितका दलहरु ओलीलाई अल्मतमा पार्न आफनो ढंगले लागिरहेका छन।
नेकपा एमालेकै माधब नेपाल पक्ष पनि ओलीको निरन्तरताको पक्षमा नरहेको बुझिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते माधब नेपाल पक्षका केन्द्रिय सदस्य बिना एकतर्फी केन्द्रिय बैठक बसी बिभिन्न निर्णय गरेपछि नेपाल पक्ष त्यो एकलौटी निर्णय फिर्ता गरी सिगो एमालेको बैठक बस्ने बाताबरण नबनाएसम्म ओलीसंग झुक्न नझुक्ने बताउदै आएको छ।
ओली पक्ष भने अहिले सम्म फागुन २८को निर्णयबाट पछि नहटने अडानमा रहेको छ । फागुन २८ गतेको बैठकले माओबादीबाट एमाले प्रबेश गरेका रामबहादुर थापा बादल सहितका नेताहरुलाई केन्दिय सदस्यमा मनोनयन गर्ने लगायतका निर्णय गरेको थियो । साथै ओली पक्षले पार्टीका बरिष्ठ नेता माधब नेपाल सहितका जिम्मेबार नेताहरुलाई कारबाही गर्ने देखि स्पष्टिकरण सोध्ने कार्यलाई पनि निरन्तरता दिइरहेको छ ।
ओली पक्षले यसै पनि पुर्बाग्रही ढंगले कारबाही नै गर्ने हो भने सांसद पदबाट पनि राजीनामा दिएर बैशाख २७ गते हुने संसदको बैठकमा अनुपस्थित हुने कि भन्ने बारेमा नेपाल पक्षमा छलफल भैरहेको छ । यता जनता समाजबादी पार्टीमा महन्त ठाकुर पक्ष ओलीको समर्थनमा जाने गरी लागेको छ भने उपेन्द्र यादब र डा बाबुराम भटराइहरु ओलीलाई समर्थन गर्न सकिदैन भन्दै आएका छन । जसले गर्दा प्रधानमन्त्री ओलीले एमालेकै माधब नेपाल पक्षलाई बिश्वासमा लिन नसक्ने हो भने बिश्वासको मत पाउने संभावना क्षिण देखिदै गएको छ ।
माओबादी संसद्धीय दलका प्रमुख सचेतकले संघीय संसद सचिवालयमा सरकारलाई दिएको फिर्ताको पत्र दर्ता गराउनुभएको छ । पार्टीको सो निर्णय पश्चात भाबी रणनीति तय गर्न माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल , जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबबीच हात्तिबन स्थित एक निजीघरमा छलफल भएको छ । उहांहरुबीचको छलफलपछि नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासंग पनि छलफल गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया