दोस्रो चरणको कोरोना भाइरस संक्रमण नेपालमा फैलिन दिन जिम्मेवार को ?

इनेप्लिज २०७८ वैशाख ११ गते १०:२१ मा प्रकाशित

पहिलो पटक (चरण) को कोरोना भाइरस संक्रमणको अवस्थामा पनि शुरूवात देखि नै नाकाहरुमा मानिसहरूको कोरोना भएको नभएको चेक जाँच (परिक्षण) व्यवस्थित क्वारेन्टाइनको बन्दोबस्त लगायतका मापदण्डहरु नअपनाइएकोले भारतबाट आउने मानिसहरूलाई जथाभावी नाकबाट छिर्न दिएको लापरबाहीको कारण नेपालमा कोरोना भाइरस संक्रमण व्यापक रूपमा फैलिन गएको थियोे।

पहिलो चरणको कोरोना संक्रमणको अवस्था थाहा हुँदा हुँदै पनि दोस्रो चरणको कोरोना भाइरस संक्रमणको अवस्थामा सरकार गैरजिम्मेवार बनेको किन ? शुरुआत देखि नै नाकाहरुमा कोरोना भाइरस संक्रमण परिक्षण र व्यवस्थित क्वारेन्टाइन बन्दोबस्त लगायतका मापदण्डहरु तैयार नगरी जथाभावी भारतबाट नेपालमा प्रवेश गर्न दिनुमा जिम्मेवार र दोषीहरु को को हुन ? सजगता र सतर्कता शुरुआत देखि नै अपनाउनु पर्ने हुन्छ।महामारीको रुप लिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ सबैले बुझ्नुपर्ने कुरा हो।अब मुलुकलाई लकडाउन नगरी कोरोना भाइरस संक्रमण रोकथामको निकास खोज्नुपर्छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया