बिरेन्द्र रावल,
आज भन्दा २५ बर्ष पहिलेको नयाँ बर्ष मनाउने परम्परा र यतिबेलाको परम्परा निकै आकाश पातलको फरक छ।
नयाँ बर्षको आगमनको पुर्वसन्ध्यामा १५÷बीस दिन पहिलेनै नयाँ बर्षको अवसरमा साथी भाइलाई आत्मीयता सहितको सुभकामना बाड्नका लागि घरबाट एक दिनको दुरिमा पर्ने हाट्बजारमा पुगेर भए पनि सौगात स्वरुप हिरो हिरोईनका तस्बिर सहितका पोस्टकार्ड खरिद गर्ने गरिन्थ्यो।
केटि साथिलाई पोस्ट कार्ड दिनु परेको खण्डमा आफुलाइ मन पर्ने हिरो वा हिरोईनको तस्वीर भएको पोस्ट कार्डको एकातिरको खाली भागमा साहित्य सहितका गजल,गित र साहेरिहरु लेखेर खामबन्दी गरेर हुलाकमार्फत पठाउने र केटी केटा साथीलाई केटाले पठाउने पोस्ट कार्ड फुल भएको वा हिरोईनको तस्बिर भएको पोस्ट कार्ड्मा कविता,साहेरी वा गित लेखेर पठाउने चलन रहेको थियो।
टाढाको दुरिमा रहेका साथिभाइलाइ १५ ÷२० दिन अगावै हुलाक मार्फत रजिस्टर गरेर पठाउने परम्परा रहेको थियो।२५ बर्ष यता आएर ती दिनहरु केवल सपनामा परिणत भए सरह भएका छन।
बजारमा पोस्ट्कार्डको व्यापक बिक्री वितरण हुने बिगतको परम्परामा पछिल्लो समयमा आएर आकाश पातलको फरक परेको देखिन्छ।
त्यति बेलामा साथीहरू सङ कुराकानी गर्दा दुरसन्चार वा आवाको प्रयोग बढी हुने गर्दथ्यो।कहिलेकाही साथी भाइ संग सुभकामना संदेश दिनका लागि टेलीफोनमा भेट नभएको खण्डमा रैवार छोड्ने परम्परा पनि थियो त्यो समयमा।
पछिल्लो समयमा बिज्ञान र प्रबिधिको प्रयोग संग संगै पोस्ट कार्ड आदानप्रदान गर्ने परम्परामा पुर्णबिराम लाग्न पुगेको छ।हाल आएर न त युवा युवतीहरुले पोस्टकार्डको प्रयोग गरेको पाइन्छ नत रैवारनै ।
यतिबेला युवा युवतीका लागि नयाँ बर्षको सुभकामना दिने माध्यमका रुपमा म्यासेज,फोन,इमेल इन्टरनेटनै पहिलो माध्यम बनेको छ।परम्परागत पोस्ट कार्ड बितरण गर्नु भन्दा म्यासेज,भेडियो कल एकभरपर्दो माध्यम बनेको छ।अहिले प्रबिधिको सहारामा मानिसहरुले सुख दुःखका कुरा साटासाट गर्ने देखि लिएर आपसी भलोकुसारी साट्ने आधार मोबाइल र कम्पुटर लगायतका प्रबिधिले सुगमतमा परिणत गराइ दिएको छ।
२५ बर्ष पहिले म स्वयंलाई पनि कैलाली जिल्लाको भजनी बस्नुहुने मेरा मित्र वीर बहादुर भण्डारीले खुबै मिहेनतका साथ लोभ लाग्दो अक्षरले लेखी पठाएको गजल सहितको पत्र,भारतीय हिरोईन माधुरी र नेपाली हिरोईन मौसमी मल्लको पोस्ट कार्ड पठाएको पत्र अझै मेरो डायरी मा सुरक्षाका साथमा राखेको छु । त्यतिबेलाका साथी भाइ र आज भोलिका साथीभाइमा निकै आकाश पातालको फरक छ । आज भोलिका साथी भाइमा बढी स्वार्थ मात्र पाइन्छ।कमै साथीहरूमात्र निस्वार्थ भावनाका भेटिने गरेका हुन्छन्।
हरेको सूचना र संदेश मोबाईलमार्फत आदान प्रदान गर्ने प्रचलन कायम रहेको छ।
बिगतका बर्षहरुमा हामी नेपाली माझ वैद्यमान परम्परालाई बिज्ञान र प्रबिधिले अलग थलग पारी दिएको छ।समयको माग संगै नेपाली परम्परामा बिकृती र बिसङगती समेत भित्रीन पुगेका छन।
आत्मीयतामा समेत बिचलन देखिने गरेको पाइन्छ।समयको फेरबदल सहित परम्परा र भेष भुसामा पनि आकाश पातल फरक आएको छ।आजको २१ औं सताब्दिमा आएर नेपाली समाजले पनि बिस्तारै बिस्तारै कछुवा गतिमा स्वरुप बदल्न थालेको पाइन्छ।
फेस बुकको बिकास भएपछि त मानिसहरुले आफ्ना र परिवारका तस्वीर राखेर नयाँ बर्ष आगमनको संदेशहरु पोस्ट गर्ने परम्पराको व्यापक रूपमा थालनी भएको छ ।यस्तो खाल्को परम्पराले संदेशहरु हरेकले हेर्न र पढ्न सक्ने भएकाले पनि यस्को प्रभावकारिता बढी देखिएको छ।
समयको फेर बद्लका कारण कतिपय परम्परागत धर्म,संस्कृतिमा समेत असर पुग्ने खालका कुराहरू छन भने त्यस्ता परम्पराको अन्त्यका लागि सरोकारवाला सजग रहन जरुरी रहन्छ।
-बिरेन्द्र रावल
प्रतिक्रिया