काठमाडौ।म्युजिक भिडियो किङ चकलेटी अभिनेता पल शाह,चर्चित मोडल दुर्गेश थापा,पछिल्लो समयका चर्चित मोडल गरिमा शर्मा र गुरास ढकाल फिचर्ड म्युजिक भिडियो ‘तामा पित्तल’भोली अर्थात चैत १२ गते रिलिज हुदैछ।यो गीत डिसिरिज युट्युव च्यानलबाट रिलिज हुदैछ।
रिलिज हुन लागेको गीतमा गायक,संगीतकार तथा गीतकार सम्राट चौलागाईको शब्द,संगीत र स्वर रहेको छ।यस गीतमा सम्राटसंगै गायिका समिक्षा अधिकारीको स्वर रहेको छ।सम्राटको पछिल्लो समय ब्यास्तता निकै बढेको छ। २ हप्ता अगाडी मात्र रिलिज भएको ‘सम्झिनी पानी छम्किनी’गीतको सफल्तापछि ‘तामा पित्तल’ गीत आउन लागेको हो।
यस भिडियोको बारेमा बोल्दै अभिनेता पलले गीत राम्रो भएका कारण भिडियोमा जोडीएको बताए।केही फरक प्रस्तुती यस गीतको भिडियोमा देख्न सकिने दुर्गेशले बताए।
चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको म्युजिक भिडियोमा पल, दुर्गेश, गरिमा,गुराससंगै बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहनेछ।यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ।यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो।
प्रतिक्रिया