प्रेम दिवस !!

बिनोद पोख्रेल २०७७ फागुन १ गते १३:५३ मा प्रकाशित

खै मैले बुझ्न सकिन
माया भित्र प्रेम बसेको छ कि
प्रेम भित्र माया लुकेको छ
सागर भित्र पानी भरिए झैँ
न छचल्किएर कहीँ पोखिएको देख्छु
न आधी तुफानले कहीँ रोकिएको देख्छु
त्यही माया र प्रेम भित्र कहिले काँहि
घमन्ड र अहङ्कार को छाया देख्छु
स्वार्थले भरिएको यो जीवनमा
माया प्रेमको एउटा नाटक मञ्चन पनि देख्छु !!

कहिले रूप भित्र मैले माया देख्छु
कहिले माया भित्र एउटा रूप देख्छु
जिन्दगी जहाँ उभिए पनि
उनकै प्रेम भित्र मैले सब कछु देख्छु
उनले मलाई चोखो माया दिइन
मैले अटुट प्रेम सम्बन्ध दिएर साटे
मन भित्र भरिएको मेरो ममतालाई
मैले उनी सँगै आधि आधी बाटे !!

मेरी ती बुडी आमालाई
हरेक प्रेम दिवसले गिजाई रहन्छ
प्रेमकै परिभाषा फेरिएको देख्दा
मुटुभित्र कता कता बिझाई रहन्छ
आउँदैन कहिल्यै प्रेम दिवस
त्यो चाउरिएको गाला हेर्न
आउँदैन कहिल्लै प्रेम दिवस
त्यो फुक्लिएको दाँत फेर्न
आउने रहेँच प्रेम दिवस मात्र
उनै प्रिय सिको मुहारमा मुस्कान हेर्न

नबाँध मलाई कुनै दिनमा
म हरेक दिन र रातमा सँगै भेटिनेछु
नरोक मलाई कुनै समयमा
म हरेक पलमा भेटिनेछु
नपोख मलाई कुनै छेउमा
म रगतकै नसा नसामा बग्नेछु
न खोज मलाई एउटा मुटुमा
म हरेक मुटुमा ढुकढुकी बनेर धड्किरहनेछु

म त चाहन्छु
हरेक ह्रदय भित्र बस्न सक्ने प्रेम
हरेक भावनाले साटिन सक्ने प्रेम
हरेक सम्बन्ध भित्र जोडिन सक्ने प्रेम
हरेक जनमानसले अनुभूति गर्न सक्ने प्रेम
हरेक विश्वास भित्र अटाउन सक्ने प्रेम
र म चाहन्छु हरेक आँखा भित्र बग्ने
ती पिडाका आशुलाई रोक्न सक्ने प्रेम !!

धन्यवाद !!

प्रतिक्रिया